• आइतबार ५-२८-२०८३/Sunday 09-13-2026

रसुवा बाढीपहिरोका घाइतेका लागि रगत अभाव हुन नदिन सिन्धुलीमा खुला रक्तदान

सिन्धुली १९ भदौ ०८२

रसुवा जिल्लामा आएको बाढी पहिरोबाट घाइते भएकाहरूको उपचारका क्रममा रगतको अभाव हुन नदिन राष्ट्रिय युवा संघ नेपाल, सिन्धुलीले रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोगमा नेकपा एमाले सिन्धुलीको पार्टी कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । 


रसुवा जिल्लामा आएको विनाशकारी बाढी पहिरोपछि प्रभावित नागरिकलाई सहयोग गर्ने अभियान विभिन्न जिल्लामा जारी छ । यही क्रममा राष्ट्रिय युवा संघ नेपाल, सिन्धुलीले पनि बाढी पहिरोमा परी घाइते भएकाहरूको उपचारका लागि रगतको अभाव हुन नदिन खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।


विपद्को समयमा घाइते तथा बिरामीहरूको उपचारका क्रममा आवश्यक पर्न सक्ने रगतको अभावलाई ध्यानमा राख्दै मानवीय सेवाको उद्देश्यले कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीका अध्यक्ष अरुण पाख्रिनले बताउनुभयो । राष्ट्रिय युवा संघ नेपाल, सिन्धुलीले आगामी दिनमा पनि विपद् तथा मानवीय सङ्कटका समयमा आवश्यक सहयोगका लागि सक्रिय रहने उहाँको भनाई छ ।


विपद्को कठिन परिस्थितिमा घाइतेहरूको जीवन बचाउन रगत महत्त्वपूर्ण हुने भएकाले रक्तदानमार्फत सहयोग पु¥याउने उद्देश्य रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।


रक्तदान कार्यक्रममा सहभागीहरूले पनि सामाजिक तथा मानवीय उत्तरदायित्वका रूपमा स्वैच्छिक रक्तदान गरेको बताएका छन् । विपद्ले निम्त्याएको कठिन परिस्थितिमा देशका विभिन्न स्थानबाट राहत तथा मानवीय सहयोग जुटिरहेको बेला सिन्धुलीमा आयोजित रक्तदान कार्यक्रमलाई पनि मानवीय सहयोगको एउटा महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

 

प्रतिकृया दिनुहोस

तीजको दर कार्यक्रमका लागि छुटाइएको ५० हजार भोटेकोसी बाढीपीडितको राहत कोषमा

सिन्धुली २२ भदौ ०८३ सिन्धुलीको तीनपाटन गाउँपालिका ५, लंगुरखोला सिसाबोट स्थित श्री हरियाली सामुदायिक वन उपभोक्ता समितिले तीजको दर कार्यक्रमका लागि

भोटेकोशी बाढीपीडितको राहतका लागि राष्ट्रसेवक सहकारीको सहयोग

सिन्धुली २२ भदौ ०८३ रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड,

भोटेकोशी बाढीपीडितका लागि नरेन्द्र विश्वकमाकाले गरे १ लाख १ हजार १११ रुपैंया सहयोग

सिन्धुली २२ भदौ ०८३ रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिन्धुलीका सुनचाँदी व्यवसायी नरेन्द्र