• आइतबार ५-२८-२०८३/Sunday 09-13-2026

तीजको दर कार्यक्रमका लागि छुटाइएको ५० हजार भोटेकोसी बाढीपीडितको राहत कोषमा

सिन्धुली २२ भदौ ०८३


सिन्धुलीको तीनपाटन गाउँपालिका ५, लंगुरखोला सिसाबोट स्थित श्री हरियाली सामुदायिक वन उपभोक्ता समितिले तीजको दर कार्यक्रमका लागि छुट्टाएको ५० हजार रुपैयाँ भोटेकोसी बाढी पहिरो प्रभावितको राहत तथा उद्धारका लागि सहयोग गरेको छ ।


सामुदायिक वन उपभोक्ता समितिले आफ्नो सेवा क्षेत्रभित्र रहेका सम्पूर्ण महिला दिदीबहिनीहरूलाई लक्षित गरी तीजको दर कार्यक्रम सञ्चालन गर्न ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । तर पछिल्लो समय देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै उक्त रकम तीजको कार्यक्रममै खर्च नगरी विपद्मा परेका नागरिकको सहयोगका लागि उपलब्ध गराउने निर्णय गरिएको हो ।


भोटेकोसी क्षेत्रमा आएको विशाल बाढी पहिरोका कारण ठुलो जनधनको क्षति भएको, कतिपय परिवार घरबारविहीन बनेका तथा केही नागरिक अझै बेपत्ता रहेको अवस्थालाई ध्यानमा राख्दै समितिले आफ्नो तर्फबाट छुटाइएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी पठाएको जनाएको छ ।


तीज पर्वका अवसरमा महिला दिदीबहिनीहरूका लागि दर कार्यक्रम आयोजना गर्ने उद्देश्यले छुटाइएको रकमलाई विपद्का कारण समस्यामा परेका नागरिकको राहतमा प्रयोग गर्ने निर्णयलाई स्थानीय स्तरमा सकारात्मक र मानवीय कार्यका रूपमा लिइएको छ ।


समितिले मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रमभन्दा विपदमा परेका नागरिकको पीडा र आवश्यकतालाई प्राथमिकतामा राख्दै सहयोग रकम उपलब्ध गराएको हो । विशेष गरी बाढी पहिरोका कारण घर, सम्पत्ति गुमाएका तथा आफन्तजन बेपत्ता भएका परिवारलाई राज्यको राहत तथा उद्धार अभियानमा थप सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको बताइएको छ ।


यस कार्यले विपद्को समयमा स्थानीय सामुदायिक संस्था तथा महिला समूहहरूले निर्वाह गर्न सक्ने सामाजिक उत्तरदायित्वको समेत उदाहरण प्रस्तुत गरेको छ । आफ्नो समुदायका लागि छुटाइएको बजेटलाई विपद् प्रभावित नागरिकको सहयोगमा लगाउने निर्णयले मानवीय संवेदना र सामाजिक एकताको सन्देश दिएको छ ।

 

प्रतिकृया दिनुहोस

भोटेकोशी बाढीपीडितको राहतका लागि राष्ट्रसेवक सहकारीको सहयोग

सिन्धुली २२ भदौ ०८३ रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड,

भोटेकोशी बाढीपीडितका लागि नरेन्द्र विश्वकमाकाले गरे १ लाख १ हजार १११ रुपैंया सहयोग

सिन्धुली २२ भदौ ०८३ रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिन्धुलीका सुनचाँदी व्यवसायी नरेन्द्र

रसुवा बाढीपहिरोका घाइतेका लागि रगत अभाव हुन नदिन सिन्धुलीमा खुला रक्तदान

सिन्धुली १९ भदौ ०८२ रसुवा जिल्लामा आएको बाढी पहिरोबाट घाइते भएकाहरूको उपचारका क्रममा रगतको अभाव हुन नदिन राष्ट्रिय युवा संघ नेपाल, सिन्धुलीले