• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

भारतमा ओमिक्रोन फैलदै, एकै दिन ८ हजार ५०३ जनामा कोरोना संक्रमण

भारतमा आइतबार सात हजार ७७४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । भारतमा अझै पनि ९२ हजार २२८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
 यसै अवधीमा कोरोना सङ्क्रमणबाट ३०६ जनाको मृत्यु भएपछि कोरोना शुरु भएबाट हालसम्म ४ लाख ७५ हजार ४३४ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोना भाइरस निको हुने दर ९८.३६ प्रतिशत रहेको समाचारमा जनाइएको छ । भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ५८ लाख व्यक्तिको कोरोना परिक्षण भएको छ ।

भारतमा फेरि दुई जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३५ पुगेको छ ।  पन्जाबको चण्डीगढ र आन्ध्र प्रदेशमा एक एक जनामा ओमिक्रोन देखिएको हो ।

 

यता बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बिरामी परेकाहरू अस्पताल आउन सुरु भएका जनाइएको छ । बेलायती शिक्षा मन्त्री नदिम जहावीले लण्डनमा कोरोना सङ्क्रमणका केसहरूमध्ये एक तिहाइ नयाँ ओमिक्रोन भेरियन्टका सङ्क्रमित भएको बताए ।

प्रतिकृया दिनुहोस

रुस र युक्रेनबीच वार्ता सुरु

रुसी सेनाले युक्रेनमा सैन्य आक्रमण गरेको पाँचौ दिनमा यी दुई राष्ट्रका अधिकारीहरुबीच बेलारुसमा शान्तिवार्ता सुरु भएको छ। अन्तर्राष्ट्रिय

अफगान छात्रा विद्यालय जान थाले

सेतो ‘हिजाब’ र कालो ‘टयुनिक’ लगाएकि छात्रा पश्चिमी अफगानिस्तानको हेरात शहरस्थित विद्यालयमा अध्ययनका लागि फर्किन थालेका छन् । तालिबानले आफ्नो

अफगानिस्तानमा तीन लाख बिस्थापित

अफगानिस्तानमा जारी हिंसाले कम्तिमा तीन लाख सर्वसाधारण आन्तरिक बिस्थापित भएको बताइएको छ । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय प्रबास संगठनको एक