वल्ड भिजन सिंगापुरको टोलीले गर्यो तिनपाटनमा भ्रमण
सिन्धुली १९ असोज २०८०
वल्र्ड भिजन सिङगापुरका २ कर्मचारी सहित १२ जना स्पोनसरले तिनपाटन गाउँपालिका भ्रमण गरेका छन् । वडा नं. १० र ११ मा असोज १६ देखी १८ गते सम्म भ्रमण गरेको थियो ।
भ्रमणका क्रममा तीनपाटन गाउँपालिकामा वल्र्ड भिजन इन्टरनेश्नल नेपालको सहयोगमा रिलिफ नेपाल र सिड्स नेपालले संचालन गरेका परियोजनाहरूको विशेष अवलोकन गरेका थिए । गैर सरकारी संस्थाले उक्त वडामा निर्माण गरिएका भौतिक संरचनाको अवलोकनसँगै स्पोनसर गरेका बालबालिका सँग पनि भेटघाट गरेका छन् ।
अवलोकनमा आएको टोलीले श्री निम्न माध्यमिक विद्यालय लङ्गुरडाडामा रिलिफ नेपालबाट निर्माण भएको पर्खाल, पुस्तकालय र बाल कक्षा व्यवस्थापनको अवलोकन गरेपछि विद्यालयलाई ३ सेट अङ्ग्रेजी डिस्नेरी, बाल क्लबको लागि खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।
सिड्स नेपालद्वारा कुपोषण भयका बालबालिकाको लागि सन्चाल्न भएको सकारात्मक झुकाव चुलोमा सहभागी बालबालिका र अभिभावक सँग छलफल गरि प्रत्येक अभिभावक लाई १/१ क्रेट अण्डा समेत हस्तान्तरण गरेका छन् ।
जिल्लाको पहिलो वालमैत्री वडा घोषणा गर्न सफल भएकोमा वडा नं. १० का पुण्यहरी भुजेलको प्रशंसा गरे । तीनपाटन ११ मा रहेको श्री जनप्रेमी माध्यमिक विद्यालय स्याङतिमा निर्माण भएको आराम कक्ष, बाल कक्षा व्यवस्थापनको अनुगमन गरि विद्यालयका किशोरीहरूको प्रयोगको लागि सेनेटरी प्याड, स्कुल बाल क्लब लाई खेलकुद सामाग्री; विद्यालय लाई ३ थान डिस्नेरी समेत हस्तान्तरण गरे ।
यस्तै रूपान्तरण जीवन उपयोगी सिप कक्षाका सहजकर्तालाई आवश्यक स्टेसनरि सामाग्री हस्तान्तरण सगरेका छन् । स्पोनसरले बालबालिकासँग विभिन्न खेल खेली रमाइलो समेत गरेका थिए । सिङापुर बाट वल्र्ड भिजन इन्टरनेशनल नेपाल र रिलिफ नेपाल मार्फत सञ्चालित स्पोनसरसिप परियोजना अन्तर्गत स्पोनसर गरेका १९ बालबालिकासँग प्रत्यक्ष भेटी उपहार साटासाट गरि खुसी व्यक्त गरेका थिए ।
मानसिक थकान मार्ने प्रतिक्षालय हो मुस्ताङ्ग
काठमाडौंको धुलो र धुवाको रापमा थिचिएर थङ्गथिलो भएको यात्रीले मुस्ताङ्गको प्राकृतिक सौन्दर्यको स्वपान गर्दाको आनन्द व्यक्त गर्न सक्ने कुरै थिएन ।
खेत जस्तै सडक
हिउदमा धुलो उडेर हिडि सक्नु हुदैन । बर्षामा हिलाले हिडि सक्नु हुदैन । बर्षामा खेतका गरा जस्तै हुने गरेका छन् सडक । यो सिन्धुली देखी तिनपाटन गाउँपालिका
नया व्यवस्था, पुरानै अवस्था
सिन्धुलीको तीनपाटन गाउँपालिकामा विरामी डोलिमा बोकेर स्वास्थ्य संस्थामा लैजानु परेको छ । करोडौं खर्चेर सडक निर्माण गरिएका छन् । तर बर्षामा ति सडक






प्रतिकृया दिनुहोस