• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

आज कुशे औँसी

आज त . .. ...
बाको मुख हेर्ने दिन रे ?
हा ..हा.. हा ...

कुसे औँसी औँसी पो भन्थे गाँठे
कसो झन्डै बिर्से छु
मेरा बा म सानो हुँदा मेरा सारा इच्छा थाहा पाउँथे
मैले आज झन्डै बाको मुख हेर्ने दिन नै बिर्सेको ।

मातातिर्था औँसी र कुसे औँसी त दसैँ तिहार भन्दा पनि महान् हो नि ।
किन ?
थाहा छ तपाईँलाई ?
आफ्ना बा-आमालाई बृद्धाआश्रम पठाएका छोराछोरीले पनि यी दिनहरूमा
छ्यापछ्याप्ती


आमा र बा का फोटाहरूले फेसबुकका भित्ता रङ्गाएका हुन्छन् ।
बरु आफै भन्नुहोस् त ?
तपाईँले पो आज बाको फोटो फेसबुकमा हाल्न भुल्नु भयो कि?

मैले बिहानै बा लाई फोन गरे र कुशे औँसीको शुभकामना दिए ।

बाको बोली कता-कता मलिन थियो ।
मैले सोधेँ बा के भयो  बाले भन्नुभयो केही भएको छैन बाबु तँ ठिक छस् नि ?

बा त आफ्नो मनको कुरा लुकाउन पनि कति जान्ने हो कुन्नि ?
तर सन्तानको मनको कुरा भने यसै बुझ्ने गर्नेछन् है ?
आफ्नो सारा दुःख कष्ट लुकाएर सन्तानको अघि खुसी हुन्छन् ।
बा सँगको कुरा पछि निकै खुसी लाग्यो
थोरै थोरै मन भारी भयो
हुन त म आज बाको साथमा हुनु पर्ने हो
दुरीले जतिसुकै टाढा बनाए पनि मनको नजिक थिएँ ।

सबैको मन उस्तै नहुने है ?
मेरो जन्म दिनमा केक र खेलौना दिएर खुसी बनाउने मेरा बा
मैले बाको मुख हेर्ने दिन पनि भुले
कुसे औँसी भुले ।
हा..हा..हा...

छ्या १ म पनि

चिन्तनको गहिरो
धरातलमा उभिए ।

आजको दिन पनि।।
एक जना वृद्ध बाजे मेरै अगाडिको रोडमा ठेलाबाट
व्यापार गर्दै थिए।
मैले अघि नै देखि हेर्दै थिए ।
काटीकुटी मेरै बाको अनुहार मिल्ने ।

म उहाँ भएतिर गए ।
निकै वार्तालाप पछि अन्ततः उहाँले मलाई भन्नुभयो बाबु माया मोह भन्ने कुरा सधैँ ओरालो लाग्ने रहेछ ।
सन्तान सानो हुँदा पो बा भन्छन् सँगै बस्छन् ।
ठुलो भएपछि हामीलाई कहाँ आफ्नो मान्छन् र बाबु
म त अहिले छोरा बुहारीको लागि बोझ भएछु बाबु।
म त बोझ भएछु ।
कान्छोले भन्थ्यो मोबाइलबाटै शुभकामना दे छ रे
खै के भनेर पो दियो ?

कोमल मन रुन्चे आँखा दुवै रसाएर आयो
जब कि मेरो मोबाइलमा पनि happy father day भनेर थुप्रै बाहरूको फोटाहरू फेसबुकको भित्ताहरूमा छरपस्ट देखिन्थे ।

अनि तपाईँ ले ?
बाको फोटो हाल्नु भो त ?
बालाई कुशे औँसी शुभकामना दिनु भो त ?
तपाईँलाई कसैले भन्यो कि,
मैले जस्तै बिर्सनु भो ?
हा..हा ..हा...
तपाईँलाई हो सोधेको भन्नुहोस् ?


 

प्रतिकृया दिनुहोस

काँग्रेस सभापति देउवाद्वारा श्रीराम श्रेष्ठको पुस्तक ‘खनियाबास विद्रोह’ सार्वजनिक

 काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लेखक एवं साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘खनियाबास विद्रोह’ लोकार्पण

किशोरीहरुकालागि कला कार्यशालामा समृद्धि पहिलो

सिन्धुली १४ पुस ०८१   सिन्धुलीमा शनिवार एक दिने किशोरीहरुकालागि कला कार्यशाला सम्पन्न भएको छ । प्लान इन्टनेश्नल नेपालको साझेदारी तथा जनजाति समाज

प्रख्यात गजलकार पङ्गेनीको निधनप्रति दुःख व्यक्त गर्दै शोक सभा

सिन्धुली ८ बैशाख ०८१ चर्चित गजलकार प्रकट पंगेनी ‘शिव’को निधनप्रति दुःख व्यक्त गर्दै बुढ्यौली साहित्य समाज सिन्धुलीले शनिवार शोक सभा गरेको छ ।