किशोरीहरुकालागि कला कार्यशालामा समृद्धि पहिलो
सिन्धुली १४ पुस ०८१
सिन्धुलीमा शनिवार एक दिने किशोरीहरुकालागि कला कार्यशाला सम्पन्न भएको छ । प्लान इन्टनेश्नल नेपालको साझेदारी तथा जनजाति समाज विकास कार्यक्रम (जेएसडिपी) सिन्धुलीको आयोजनामा गल्स स्टोन स्टाटिङ्ग परियो जना अन्तर्गत एक दिने लोकगीत प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा सहभागी पाँच वटा समूह मध्ये कमलामाई नगरपालिका २ भद्रकालीमा रहेको समृद्धि किशोरी समूहले प्रथम भएको छ । प्रतियोगितामा कमलामाई नगरपालिका ४ मा रहेको उज्वलता किशोरी समूह दोस्रो, तीनपाटन गाउँपालिका २ मा रहेको एकीकृत किशोरी समूहले तेस्रो भएका छन् भने कमलामाई नगरपालिका ५ को प्रगतिशील किशोरी समूह र तीनपाटन गाउँपालिका २ को सुनौली बिहानी किशोरी समूह सान्त्वना भएका छन् ।
प्रतियोगिताका विजेताहरू मध्ये पहिलो हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार र सान्त्वना हुने समूहलाई ५÷५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
किशोरी तथा युवा महिलाहरूमा सचेतना अभिवृद्धि तथा सशक्तीकरण गराउने उद्देश्यले लोकगीत प्रतियोगिताको आयोजना गरिएको जनजाति समाज विकास कार्यक्रम (जेएसडिपी) सिन्धुलीका उपाध्यक्ष प्रदिप लुङ्गीलेले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले जेएसडिपि र प्लानले महिला बालबालिका तथा किशोर किशोरीको क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै धन्यवाद साथै शुभकामना दिनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सिन्धुलीका अध्यक्ष नन्दलाल श्रेष्ठले किशोरीहरूमा भएको प्रतिभा प्रस्फोटनका लागी अवसरको आवश्यक रहेको र त्यो अवसर जेएसडिपिले दिएकोमा खुसी व्यक्त गर्नुभयो ।
लोकगीतमा किशोरी तथा युवा महिलाहरूका लागी शिक्षाको महत्त्व, बालविवाह अन्त्य, महिला हिंसा, महिला सशक्तीकरणको आवश्यकता, हानिकारक सामाजिक मूल्यमान्यता र असमान शक्ति सम्बन्ध लगायतका विषयहरू समेटिएको थियो ।
काँग्रेस सभापति देउवाद्वारा श्रीराम श्रेष्ठको पुस्तक ‘खनियाबास विद्रोह’ सार्वजनिक
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लेखक एवं साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘खनियाबास विद्रोह’ लोकार्पण
आज कुशे औँसी
आज त . .. ... बाको मुख हेर्ने दिन रे ? हा ..हा.. हा ... कुसे औँसी औँसी पो भन्थे गाँठे कसो झन्डै बिर्से छु मेरा बा म सानो हुँदा मेरा सारा इच्छा थाहा पाउँथे मैले आज
प्रख्यात गजलकार पङ्गेनीको निधनप्रति दुःख व्यक्त गर्दै शोक सभा
सिन्धुली ८ बैशाख ०८१ चर्चित गजलकार प्रकट पंगेनी ‘शिव’को निधनप्रति दुःख व्यक्त गर्दै बुढ्यौली साहित्य समाज सिन्धुलीले शनिवार शोक सभा गरेको छ ।






प्रतिकृया दिनुहोस