• शुक्रबार ६-९-२०८३/Friday 09-25-2026

कला घरलाई अपाङ्गमैत्री बनाउन माग

सिन्धुली १६ चैत ०८१


सिन्धुली अपाङ्ग महिला सङ्घले सिन्धुली कला घरलाई अपाङ्गमैत्री बनाउन माग गरेको छ । शनिवार सिन्धुली कला घरमा पुगेर ज्ञापन पत्र बुझाउँदै कला घरलाई अपाङ्गमैत्री बनाउन माग गरेको हो ।


कमलामाई नगरपालिका ३ चपौलीमा निर्माणधिन राष्ट्रिय कला घर अपाङ्गतामैत्री रूपमा निर्माण हुनुपर्ने भन्दै सिन्धुली अपाङ्ग महिला सङ्घका अध्यक्ष दिल कुमारी देवकोटा (दिपा) ले  राष्ट्रिय कला घरका अध्यक्ष सुमन थापालाई ज्ञापन पत्र बुझाउनु भएको छ । पर्यटकीय स्थल निर्माण भई रहँदा सार्वजनिक स्थलहरू सबै नेपाल सरकारको व्यवस्था अन्नुरुप हुनुपर्ने उहाँको भनाई रहेको छ । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती लगायत दुर्घटनामा परेका व्यक्तिहरूका लागि पनि सहज र उपयुक्त संरचना बन्नु पर्ने र भौतिक संरचना तथा संचारसेवा निर्देशिका २०६९ अनुरूप संरचनाहरू निर्माण गर्न उहाँले आग्रह गर्नुभयो ।


यसैबिच सिन्धुली अपाङ्ग महिला सङ्घले कमलामाई नगरपालिका ३ का ४६ वर्षीय भीम बहादुर दमाईलाई ह्विलचियर र ट्याईलेट चियर हस्तान्तरण गरेको छ । लामो समयदेखि दुर्घटनामा परि हिँडडुल गर्न नसक्ने अवस्थामा रहनु भएका भीम  बहादुरलाई ह्विलचियर र ट्याईलेट चियर हस्तान्तरण गरिएको सिन्धुली अपाङ्ग महिला सङ्घका अध्यक्ष दिल कुमारी देवकोटा (दिपा) ले जानकारी दिनुभयो ।


 

प्रतिकृया दिनुहोस

भोटेकोशी बाढीपीडितका लागि एजीएन चर्चद्वारा २ लाख ४ हजार ५६० रुपैयाँ सहयोग

सिन्धुली ३१ भदौ ०८३ भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सिन्धुलीका एजीएन अन्तर्गतका चर्चहरूले २ लाख ४ हजार

तीजको दर कार्यक्रमका लागि छुटाइएको ५० हजार भोटेकोसी बाढीपीडितको राहत कोषमा

सिन्धुली २२ भदौ ०८३ सिन्धुलीको तीनपाटन गाउँपालिका ५, लंगुरखोला सिसाबोट स्थित श्री हरियाली सामुदायिक वन उपभोक्ता समितिले तीजको दर कार्यक्रमका लागि

भोटेकोशी बाढीपीडितको राहतका लागि राष्ट्रसेवक सहकारीको सहयोग

सिन्धुली २२ भदौ ०८३ रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड,

↑