भोटेकोशी बाढीपीडितका लागि एजीएन चर्चद्वारा २ लाख ४ हजार ५६० रुपैयाँ सहयोग
सिन्धुली ३१ भदौ ०८३
भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सिन्धुलीका एजीएन अन्तर्गतका चर्चहरूले २ लाख ४ हजार ५६० रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
एजीएन जिल्ला समिति सिन्धुलीका अनुसार जिल्लामा आबद्ध ३३ वटा चर्चमध्ये २६ वटा चर्चमा सहभागी विश्वासी सदस्यहरूबाट उक्त रकम संकलन गरिएको हो ।
संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको समितिले जनाएको छ । समितिका अध्यक्ष कुमार बुढाथोकीले जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई पठाएको पत्रमार्फत राहत सहयोग रकम राष्ट्रिय वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री राहत कोषको खातामा जम्मा गरिएको जानकारी गराउनुभएको छ ।
समितिले रकम जम्मा गरिएको बैंक भौचरको प्रमाणित प्रतिलिपिसमेत जिल्ला प्रशासन कार्यालयमा बुझाएको जनाएको छ । आज सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेललाई बैंक भौचरको प्रमाणित प्रतिलिपि हस्तान्तरण गरिएको छ ।
विपद्का कारण प्रभावित समुदाय तथा परिवारलाई सहयोग गर्ने उद्देश्यले रकम संकलन गरिएको एजीएन जिल्ला समितिले जनाएको छ । समितिले अप्ठ्यारोमा परेका समुदायलाई सहयोग गर्न एकताबद्ध भएर जुट्ने सबै सहयोगी सदस्यप्रति धन्यवादसमेत व्यक्त गरेको छ ।
एजीएन जिल्ला समिति सिन्धुलीले आगामी दिनमा पनि आपसी एकता, सहयोग, सद्भाव र मानवीय सेवाको भावनालाई निरन्तरता दिने जनाएको छ ।
तीजको दर कार्यक्रमका लागि छुटाइएको ५० हजार भोटेकोसी बाढीपीडितको राहत कोषमा
सिन्धुली २२ भदौ ०८३ सिन्धुलीको तीनपाटन गाउँपालिका ५, लंगुरखोला सिसाबोट स्थित श्री हरियाली सामुदायिक वन उपभोक्ता समितिले तीजको दर कार्यक्रमका लागि
भोटेकोशी बाढीपीडितको राहतका लागि राष्ट्रसेवक सहकारीको सहयोग
सिन्धुली २२ भदौ ०८३ रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड,
भोटेकोशी बाढीपीडितका लागि नरेन्द्र विश्वकमाकाले गरे १ लाख १ हजार १११ रुपैंया सहयोग
सिन्धुली २२ भदौ ०८३ रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिन्धुलीका सुनचाँदी व्यवसायी नरेन्द्र






प्रतिकृया दिनुहोस