• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

आगामी तीन वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले आगामी तीन आर्थिक वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत गरेको छ ।
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २२ (१) बमोजिम आर्थिक वर्ष २०८२/०८३–२०८४/०८५ त्रिवर्षीय मध्यमकालीन खर्च संरचनाको वार्षिक विकास कार्यक्रम स्वीकृत गरेको हो । सोही खर्च संरचनाभित्र आगामी आर्थिक वर्ष २०८२/०८३ वार्षिक आय र व्ययको विवरण समाहित हुनेछ ।
 
बैठकले बजेट तर्जुमा प्रक्रियालाई थप व्यवस्थित बनाउन आगामी आर्थिक वर्षदेखि राष्ट्रिय स्रोत अनुमान समितिबाट निर्धारित स्रोत अनुमान तथा सीमाको आधारमा आय र व्ययको अनुमान तयार हुनु अगावै अन्तिम रूप दिई अर्थ मन्त्रालयमा पठाउन आवश्यक तयारी गर्ने निर्णय पनि गरेको छ ।
 
आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले आगामी तीन आर्थिक वर्षको स्रोत अनुमान तथा प्रक्षेपण, आयोजनाको विश्लेषण र प्राथमिकीकरण सहितको प्रस्तुति गर्दै आर्थिक अनुशासनसहितको विकासमा जोड दिन सबै मन्त्रालयलाई बुझाउने काम भइरहेको जानकारी गराउनुभयो ।

 

प्रतिकृया दिनुहोस

सुनकोसी मरिणसहित सिन्धुलीका धेरै आयोजनाको पुँजीगत खर्च सन्तोषजनक छैन

सिन्धुली १५ असार ०८२ चालु आर्थिक वर्षको अन्य नजिकिँदै गर्दै पनि सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पुँजीगत बजेट खर्च सन्तोषजनक देखिएको

मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृत

काठमाडौँ, २२ जेठ । लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृति लगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ

राजस्व वाडफाड सम्बन्धी अन्तरक्रिया

सिन्धुली ८ असोज ०८१ सिन्धुलीमाढीमा मङ्गलवार राजस्व वाडफाड तथा अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम