• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

काँग्रेस सभापति देउवाद्वारा श्रीराम श्रेष्ठको पुस्तक ‘खनियाबास विद्रोह’ सार्वजनिक

 काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लेखक एवं साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘खनियाबास विद्रोह’ लोकार्पण गर्नुभयो ।
 
बुधवार नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच सभापति देउवाले उक्त पुस्तक सार्वजनिक गर्नुभएको थियो । नेपाली लेखक संघ नुवाकोटद्वारा प्रकाशित ‘खनियाबास विद्रोह’ तत्कालीन पश्चिम १ नम्बर क्षेत्र र हालको नुवाकोट जिल्लामा पर्ने खनियाबासमा घटेको सत्य घटनाको विषयवस्तु अध्ययन गरेर लेखिएको अनुसन्धानात्मक पुस्तक हो । ‘खनियाबास विद्रोह’ श्रेष्ठको २८ औँ प्रकाशित कृति हो ।
 
नुवाकोटको विदुरमा वि.सं २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म केही नियात्रा सङ्ग्रह, जीवनी सङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापनिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो जस्ता विधाका अधिक पुस्तकहरू प्रकाशित छन् । श्रेष्ठ नेपाली काँग्रेस नुवाकोट जिल्लाका सचिव समेत हुन् ।  

 

प्रतिकृया दिनुहोस

किशोरीहरुकालागि कला कार्यशालामा समृद्धि पहिलो

सिन्धुली १४ पुस ०८१   सिन्धुलीमा शनिवार एक दिने किशोरीहरुकालागि कला कार्यशाला सम्पन्न भएको छ । प्लान इन्टनेश्नल नेपालको साझेदारी तथा जनजाति समाज

आज कुशे औँसी

आज त . .. ... बाको मुख हेर्ने दिन रे ? हा ..हा.. हा ... कुसे औँसी औँसी पो भन्थे गाँठे कसो झन्डै बिर्से छु मेरा बा म सानो हुँदा मेरा सारा इच्छा थाहा पाउँथे मैले आज

प्रख्यात गजलकार पङ्गेनीको निधनप्रति दुःख व्यक्त गर्दै शोक सभा

सिन्धुली ८ बैशाख ०८१ चर्चित गजलकार प्रकट पंगेनी ‘शिव’को निधनप्रति दुःख व्यक्त गर्दै बुढ्यौली साहित्य समाज सिन्धुलीले शनिवार शोक सभा गरेको छ ।