• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृत

काठमाडौँ, २२ जेठ । लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृति लगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ ।

 

प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेसनसहित ८१ दशमलव ०४१ किलोमिटरको लामो केबलकार निर्माणका लागि लगानी स्वीकृत भएको हो ।

 

५७ अर्ब ६४ करोड ३७ लाख लगत रहने उक्त परियोजना निर्माण, स्वामित्वकरण, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न प्रस्ताव गरेको थियो । बैठकले उक्त प्रालिसँग परियोजना विकासको सम्झौताको सर्त आदि विषयमा वार्ता गर्न बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ ।

 

उक्त केबलकार सञ्चालनमा आएमा स्थानीय स्तरमा ठुलो मात्रामा पर्यटक र रोजगारी वृद्धि हुने अपेक्षा गरिएको छ । बैठकले सात सय ५० मेगावाट क्षमताको रु १६० अर्ब लगानी रहने पश्चिम सेती जलाशययुक्त आयोजनाको विस्तृत प्रतिवेदन प्रतिवेदन थप अध्ययन गर्ने, नेपालमा रेलमार्ग क्षेत्रमा सहकार्यका लागि अध्ययन गर्न दक्षिण कोरियाको कोरेल संस्थासँग गरिने सम्झौताको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृति लिने निर्णय पनि गरेको छ ।

 

यस्तै ४३ दशमलव २ मेगावाटको छिलुुङ खोला जलविद्युत आयोजना, २१६ मेगावाटको बझाङ माथिल्लो सेती जलविद्युत आयोजना र ४४ मेगावाटको बकान खोला जलविद्युत परियोजनाको लगानी स्वीकृतिको निर्णय बोर्डबाट भएको छ । बैठकले जनकपुरमा रिफाइन इडिबल ओयल (खानेतेल) उद्योग र विभिन्न स्थानमा सूचना प्रविधि उद्यान स्थापनाका लागि प्राप्त प्रस्तावहरू अघि बढाउने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

सुनकोसी मरिणसहित सिन्धुलीका धेरै आयोजनाको पुँजीगत खर्च सन्तोषजनक छैन

सिन्धुली १५ असार ०८२ चालु आर्थिक वर्षको अन्य नजिकिँदै गर्दै पनि सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पुँजीगत बजेट खर्च सन्तोषजनक देखिएको

आगामी तीन वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले आगामी तीन आर्थिक वर्षको मध्यमकालीन खर्च

राजस्व वाडफाड सम्बन्धी अन्तरक्रिया

सिन्धुली ८ असोज ०८१ सिन्धुलीमाढीमा मङ्गलवार राजस्व वाडफाड तथा अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम