• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

अपाङ्गता भएका व्यक्तिहरूका लागि समावेशी खेलकुद कार्यक्रम सम्पन्न

सिन्धुली, ०९ असार ०८२


“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद“ भन्ने नारासहित अपाङ्गता भएका व्यक्तिहरूको सहभागितामा समावेशी खेलकुद कार्यक्रम सोमबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।


कमलामाई नगरपालिका नगर खेलकुद विकास समिति सिन्धुलीको सहयोग, सिन्धुली बहिरा सङ्घ सिन्धुली र नवज्योति बहिरा माध्यमिक विद्यालयको समन्वय तथा सिन्धुली अपाङ्ग महिला सङ्घ सिन्धुलीको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । 

श्री नवज्योति बहिरा माध्यमिक विद्यालय जसेदमारका छात्रछात्राहरूले भलिबल प्रतियोगितामा सहभागी भएका थिए भने श्री जनज्योति माध्यमिक विद्यालय फोस्रेटारका वैदिक अपाङ्गता भएका विद्यार्थीहरूले बोसिया खेलमा भाग लिएका थिए । छात्र छात्रा भलिबल प्रतियोगितामा पहिलो हुने समूहलाई ३ हजार र दोस्रो हुने समूहलाई २ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । 
 
बोसिया छात्र तर्फको खेलमा खेम बहादुर बुढाथोकी पहिलो, शीतल ज्ञाबा दोस्रो, राजेश थापा तेस्रो हुनु भएको थियो । छात्रा तर्फ सपना ढुङ्गाना पहिलो, सम्झना विक दोस्रो र आरती बिक तेस्रो हुनु भएको थियो । प्रतियोगिताका विजेतालाई प्रमाणपत्र, मेडल र पहिलो हुनेलाई १ हजार र दोस्रो हुनेलाई ५/५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै ह्वीलचेयर दौड प्रतियोगितामा बिश्वलाल थिङ प्रथम र शिखा खत्री दोस्रो हुनु भएकोमा दुवै जनालाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । पहिलो हुनेलाई १ हजार ५ सय र दोस्रो हुनेलाई १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
 
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको अपाङ्ग महिला सङ्घ सिन्धुलीकी अध्यक्ष दिपा देवकोटाले जानकारी दिनुभयो । “अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकुदमार्फत सामाजिक, मानसिक र शारीरिक विकासमा सहयोग पुर्‍याउने, उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने र समाजमा समावेशिता सुनिश्चित गर्न सहयोग पुर्‍याउने  हाम्रो मुख्य उद्देश्य रहेको अध्यक्ष देवकोटाले बताउनुभयो । 
 
अपाङ्गता भएका खेलाडी बालकुमारी बुढाथोकीले समावेशी खेल आयोजना गरेर हाम्रो आत्मा विश्वास बढाएकोमा आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो “अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकुद कार्यक्रममा समेट्नु मात्र संवैधानिक दायित्व होइन, यो मानवीय हक पनि हो । राज्यले उचित लगानी, पूर्वाधार र प्रशिक्षणको व्यवस्था गरेर हामीलाई पनि खेलकुदमा अघि बढ्ने मौका दिनुपर्छ । यसले हामीलाई मात्र होइन, सम्पूर्ण समाजलाई सकारात्मक सन्देश दिनेछ ।” तिनै तहका सरकारले खेलकुद, खेल प्रशिक्षण र खेलाडी उत्पादनमा लगानी गर्नु पर्ने उहाँको भनाई छ ।
 
कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता उजागर गर्न मद्दत गरेको र उनीहरूलाई समान अवसरको वातावरण सिर्जना गर्न सकारात्मक प्रभाव पारेको सहभागीहरूले प्रतिक्रिया दिएका छन् । 

 

 

प्रतिकृया दिनुहोस

कुमार स्मृति गोल्डकपको उपाधि तरुण दल दुधौलीलाई

सिन्धुली २ मंसिर ०८२ सिन्धुलीको दुधौली नगरपालिकामा जारी प्रथम स्व। कुमार स्मृति गोल्डकपको उपाधि घरेलु टिम तरुण दल दुधौलले हात पारेको छ । लहान

क्रिकेट प्रतियोगिताको दोस्रो सेरिजमा भगवती पहिलो

सिन्धुली ३० कार्तिक ०८२   सिन्धुलीमाढीमा गत बुधवार देखी जारी कमलामाई नगर स्तरीय अन्तर मावि क्रिकेट प्रतियोगिताको दोस्रो सेरिजमा भगवती अङ्ग्रेजी

बिशाल स्मृति फुटबल प्रतियोगिताको उपाधि लाम्पनटरलाई

सिन्धुली १४ असोज ०८२ विशाल बुढाथोकी तेस्रो स्मृति फुटबल प्रतियोगिताको उपाधि लाम्पनटर युवा क्लबले पाएको छ । सेतीसुन्दरी युवा क्लब चकमकेको आयोजना