• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

क्रिकेट प्रतियोगिताको दोस्रो सेरिजमा भगवती पहिलो

सिन्धुली ३० कार्तिक ०८२

 

सिन्धुलीमाढीमा गत बुधवार देखी जारी कमलामाई नगर स्तरीय अन्तर मावि क्रिकेट प्रतियोगिताको दोस्रो सेरिजमा भगवती अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ ।


टस जितेर पहिला ब्याटिङ रोजेको जनज्योतिले ५७ रनको लक्ष्य दिएको थियो भने भगवतीले ८.४ बलमा ६ विकेटले  जित हात पारेको थियो । भगवतीले पहिलो सिरिज पनि १३ रनको फराकिलो अन्तरले जनज्योतिलाई हराएर उपाधि हात पारेको थियो भने यश पटक पनि यी दुवै टिम पहिलो स्थानका लागि  प्रतिस्पर्धामा रहेका थिए ।


भगवती बाल क्लबको आयोजनामा भएको यस प्रतियोगिताको आज आयोजित समापन समारोहमा पुरस्कार वितरण गर्दै  प्रमुख अतिथि भगवती माविका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार उप्रेतीले प्रतियोगितामा टिमहरू कुनै प्रथम त कुनै द्वितीय हुनु स्वाभाविक  प्रक्रिया भएको बताउँदै बालबालिकालाई खेलप्रति रुचि जगाउने, स्वस्थ्य र स्फूर्त रहन प्रोत्साहन गर्ने अवसरको सिर्जना गर्नु महत्त्वपूर्ण कार्य हुने बताउनुभयो । 


प्रतियोगितामा प्रथम स्थानको उपाधि चुमेसँगै भगवती अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले नगद ११ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ भने दोस्रो भएको जनज्योति माध्यमिक विद्यालय फोस्रेटारले ७ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको छ ।


पहिलो सेरिजमा जस्तै  दोस्रो सेरिजमा पनि कमलामाई नगरपालिका भित्रका सामुदायिक र निजी गरी आठ वटा क्रिकेट टिमहरूले सहभागिता जनाएका थिए ।

प्रतिकृया दिनुहोस

कुमार स्मृति गोल्डकपको उपाधि तरुण दल दुधौलीलाई

सिन्धुली २ मंसिर ०८२ सिन्धुलीको दुधौली नगरपालिकामा जारी प्रथम स्व। कुमार स्मृति गोल्डकपको उपाधि घरेलु टिम तरुण दल दुधौलले हात पारेको छ । लहान

बिशाल स्मृति फुटबल प्रतियोगिताको उपाधि लाम्पनटरलाई

सिन्धुली १४ असोज ०८२ विशाल बुढाथोकी तेस्रो स्मृति फुटबल प्रतियोगिताको उपाधि लाम्पनटर युवा क्लबले पाएको छ । सेतीसुन्दरी युवा क्लब चकमकेको आयोजना

अपाङ्गता भएका व्यक्तिहरूका लागि समावेशी खेलकुद कार्यक्रम सम्पन्न

सिन्धुली, ०९ असार ०८२ “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद“ भन्ने नारासहित अपाङ्गता भएका व्यक्तिहरूको सहभागितामा समावेशी खेलकुद