सिद्धबाबा उपशाखाको आयोजनामा रक्तदान, २६ जनाले गरे रक्तदान
सिन्धुली २१ असोज ०८३
आपत्कालीन अवस्थामा रगतको अभाव हुन नदिन तथा मानवीय सेवामा नागरिकको सहभागिता बढाउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखा, सिन्धुलीले आज आयोजना गरेको खुला रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् ।
‘रक्तदान जीवनदान’ तथा ‘जहाँ पीडा, त्यहाँ रेडक्रस’ भन्ने मूल भावनासहित सिद्धबाबा उपशाखाको प्राङ्गण, ढुंग्रेबास स्थित बकेश्वर महादेव मन्दिर परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कामना कार्की , रमेश कुमार श्रेष्ठ, दिव्या श्रेष्ठ, कृष्ण प्रसाद बराल, बलराम अधिकारी, राजीव क्षेत्री, पीयूष धमला, नारायण कुमार श्रेष्ठ शेषराज बराल, शंकर कुमार बस्नेत, वसन्त लामा, विशाल मगर, लोक बहादुर थापा, भरत ठकुरी, जगत बहादुर आले मगर, प्रकाश भट्टराई, राजु योन्जन, नवीन श्रेष्ठ , सुब्बा मगर, सन्तोष कुमार बोहरा, बलराम खड्का, जीवन लामिछाने, दीपेन्द्र बस्नेत, सुस्मा श्रेष्ठ, ज्ञान कुमारी बुढाथोकी र सुदिप स्याङ्तानले रक्तदान गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखाका सभापति सन्तोषकुमार बोहराले गर्नुभएको थियो भने नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका पूर्व सभापति अम्बरदीप देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
सभापति बोहराले रक्तदानलाई मानव जीवनसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण सामाजिक सेवाका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले रगतको अभावका कारण कुनै पनि बिरामीले उपचारमा समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो ।
“रक्तदान मानव जीवन बचाउने प्रत्यक्ष सेवा हो । आफूले दिएको रगतले कुनै बिरामीको जीवन बच्न सक्छ भन्ने भावनाका साथ स्वस्थ नागरिकलाई नियमित रक्तदानका लागि प्रेरित गर्न आवश्यक छ,” बोहराले भन्नुभयो ।
उहाँले रेडक्रसले सञ्चालन गर्दै आएका मानवीय सेवाका अभियानलाई प्रभावकारी बनाउन स्थानीय नागरिक, सामाजिक सङ्घसंस्था तथा सरोकारवाला निकायको निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो । आगामी दिनमा पनि सिद्धबाबा उपशाखाले रक्तदान लगायतका सेवामूलक गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउने उहाँको भनाइ छ ।
भोटेकोशी बाढीपीडितका लागि एजीएन चर्चद्वारा २ लाख ४ हजार ५६० रुपैयाँ सहयोग
सिन्धुली ३१ भदौ ०८३ भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सिन्धुलीका एजीएन अन्तर्गतका चर्चहरूले २ लाख ४ हजार
तीजको दर कार्यक्रमका लागि छुटाइएको ५० हजार भोटेकोसी बाढीपीडितको राहत कोषमा
सिन्धुली २२ भदौ ०८३ सिन्धुलीको तीनपाटन गाउँपालिका ५, लंगुरखोला सिसाबोट स्थित श्री हरियाली सामुदायिक वन उपभोक्ता समितिले तीजको दर कार्यक्रमका लागि
भोटेकोशी बाढीपीडितको राहतका लागि राष्ट्रसेवक सहकारीको सहयोग
सिन्धुली २२ भदौ ०८३ रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड,





प्रतिकृया दिनुहोस