कमलामाईमा एमाले नगर कमिटीद्वारा धान दिवसको भव्य आयोजना
सिन्धुली १५ असार ०८२
“उत्पादन बढाऔँ, धानमा आत्मनिर्भर बनौँ” भन्ने मूल नाराका साथ आइतबार कमलामाई नगरपालिकामा राष्ट्रिय धान दिवस २०८२ भव्य रूपमा मनाइएको छ । नेकपा (एमाले) कमलामाई नगर कमिटीको आयोजनामा कमलामाई–१ मझिनी दमारमा धान रोपाई गरेर दिवस मनाएको हो ।
मझिनी दमारका स्थित उदरमान डिमदोङको खेतमा धान रोपाइँ कार्यक्रम गरिएको नेकपा (एमाले) नगर कमिटीका अध्यक्ष सुन्दर घिसिङले बताउनुभयो ।
उहाँले भन्नुभयो “आज राष्ट्रिय धान दिवस २०८२ को अवसरमा हामीले कमलामाई–१ मझिनीदमारमा रहेको खेतमा सामूहिक रूपमा रोपाइँ गरेर कृषक पर्वको शुभारम्भ गरेका छौँ । यो दिवस केवल रोपाइँको उत्सव मात्र होइन, आत्मनिर्भर नेपालको सपना साकार पार्ने प्रेरणा पनि हो ।”
हाम्रो पार्टी नेकपा (एमाले) सधैँ श्रमिक, किसान, मजदुरको हितमा प्रतिबद्ध रहँदै आएको छ उहाँले भन्नुभयो “कृषि नै हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो भन्ने बुझाइका साथ हामीले उत्पादनमा वृद्धि गर्न र कृषकको सम्मान गर्न यस्ता कार्यक्रमहरू निरन्तर गर्दै आएका छौँ । कमलामाई नगर कमिटीले आगामी दिनहरूमा पनि कृषि, शिक्षा, स्वास्थ्य लगायत जनजीविकासँग सम्बन्धित विषयहरूमा जनस्तरमै पुग्ने कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु ।”
कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरू, कार्यकर्ताहरू तथा स्थानीय कृषकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । रोपाइँ गर्दै धान दिवस मनाएर कृषिप्रति सम्मान प्रकट गरिएको आयोजकले बताएका छन् ।

यस अवसरमा नगर कमिटीले सहभागी सबै नेता, कार्यकर्ता र कृषकहरूप्रति आभार व्यक्त गर्दै शुभकामना समेत प्रकट गरेको छ । कार्यक्रमले कृषिमा आत्मनिर्भरताको सन्देश फैलाउने र कृषकको सम्मान अभिवृद्धिमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
कृषि ज्ञान केन्द्र सिन्धुलीले विश्व खाद्य दिवस मनायाे
सिन्धुली, २९ असोज ०८० सिन्धुलीमा पनि ४३ औं विश्व खाद्य दिवस मनाइएको छ । सोमबार कृषि ज्ञान केन्द्र सिन्धुलीले एक कार्यक्रम गरि दिवस मनाएको हो । जीवन
कुकरले टोकेका पशुलाई निःशुल्क रेबिज विरुद्धको खोप लगाइयो
सिन्धुली, २० भदौ ०८० दुधौली नगरपालिका ३ र ६ मा बौलाहा कुकरको टोकाइबाट घाइते भएका पशुहरूलाई रेबिज विरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा






प्रतिकृया दिनुहोस