• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

कृषि ज्ञान केन्द्र सिन्धुलीले विश्व खाद्य दिवस मनायाे

सिन्धुली, २९ असोज ०८०


सिन्धुलीमा पनि ४३ औं विश्व खाद्य दिवस मनाइएको छ । सोमबार कृषि ज्ञान केन्द्र सिन्धुलीले एक कार्यक्रम गरि दिवस मनाएको हो ।


जीवन र खाद्यको आधार पानी हो भन्ने मूल नारा सहित कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख अरुण खनालको अध्यक्षता, जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, उप प्रमुख शान्ता कार्की, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायतको उपस्थितिमा भएको कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जिल्लाका स्थानीय तहका कृषि प्राविधिक लगायतको उपस्थिति रहेको थियो ।


दिवसको अवसरमा समन्वय प्रमुख लामाले खाद्य बस्तुको उत्पादनमा बृद्धि गर्दै अन्यत्र निर्यात गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “जिल्लामा उत्पादन हुने खाद्य बस्तुले माग धानेको छ ? यदि छैन भने सबैले हातेमालो गरेर उत्पादनमा बृद्धि गराउने आवश्कयत छ ।” किसानलाई सहयोग पर्याप्त छैन किसानलाई सहयोग विना कृषि उपजको उत्पादन बृद्धि नहुने भएकाले किसानलाई सक्षम बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।


हावा पानी र माटो अनुसारको कृषि वाली, कृषिमा आधुनिकीकरण गर्दै परम्परागत कृषि खेती प्रणालीको अन्त्य गर्नु पर्ने उहाँको भनाई थियो । स्थानीय स्तरमा रहेका सर्वसाधारणलाई पनि खाद्य सुरक्षाका बारेमा सबै जनतालाई जानकारी हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले विश्वका धेरै देशहरूले खाद्यान्न उत्पादन सँगै संरक्षणको लागि नीति लिएको बताउनुभयो । उपभोगका लागि खरिद गर्ने र आफैले खरिद गरेको खाद्य बस्तु फालेमा जरिवाना तिर्नु पर्ने उदाहरण दिनुभयो । खाद्यान्न उत्पादन र किसानलाई सहयोग गर्नु राज्यको दायित्व भएको बताउनुभयो । खाद्य सुरक्षाका बारेमा सबै नागरिकलाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।


कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख अरुण खनालले विश्व खाद्य दिवसको बारेमा जानकारी गराउनु भएको थियो । ज्ञान केन्द्रले उन्नत कृषि प्रविधिहरूको प्रयोग मार्फत कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्‍याउने कृषिमा आधारित उद्योग व्यवसायहरूको विकास गरी रोजगारी सिर्जना र व्यावसायिक कृषिको विकास गरी कृषि उपजको आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धनमा सहयोग गर्ने खालका कार्यक्रम संचालन गर्ने बताउनुभयो ।


उहाँले भन्नुभयो “विश्वमा कृषि उत्पादनले १० अर्वलाई (हाल ७.५ अर्ब) खुवाउन पुग्छ तर? विश्वमा करिब ८२ करोड मानिस खाद्यान्न अभावको चपेटामा छन् । जुन बढ्दो क्रममा छ र २०५० सम्म २ अर्बको हाराहारीमा पुग्ने प्रक्षेपण छ । ३७ करोड मानिस खाद्य सुरक्षाको हिसाबले अत्यन्त जोखिममा छन् ।”


नेपालमा उत्पादनको दृष्टिले १६ लाख ६३ हजार खाद्यान्न बचत देखिन्छ भने नेपालमा २१ प्रतिशत जनसङ्ख्याले पर्याप्त खान खान नपाएको उहाँले बताउनुभयो ।

जिल्लाका सरोकारवाला निकायहरूको उपस्थितिमा कृषि ज्ञान केन्द्र सिन्धुलीले विश्व खाद्य दिवस मनाएको छ । कार्यक्रम कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख अरुण खनालले  स्वच्छ पानी मानिसको जीवनमा मात्र नभएर कृषि उत्पादनमा पनि महत्त्वपूर्ण हुने बताउनुभयो ।


खाद्य सङ्कट र भोकमरी विरुद्ध लड्न सबै एक जुट हुन आवश्यक रहेको उहाँले बताउनुभयो । जिल्लाको उत्पादनको आधारलाई हेर्ने हो भने १४ हजार ४ सय ३३.७ मेट्रिक टन खाद्य बस्तु अभाव हुनेछ । खाद्य दिवस मनाई रहँदा आधुनिक सिचाई र पानीको भण्डार गर्न, पानीको पूर्वाधार सुधार गर्न यान्त्रिकीकरण, पानीको पुन प्रयोग गर्नु पर्नेमा जोड दिइएको थियो ।


कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कारसाङ लामा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले खाद्य सुरक्षाका लागि नवीनतम कृषि प्रविधिहरूको प्रचार प्रसार गर्न, कृषि व्यवसायीहरूको ज्ञान, सीप, दक्षता अभिवृद्धि गर्न, कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रमहरूको कार्यान्वयन गर्दै सिञ्चित क्षेत्र विस्तार र प्राङ्गारिक कृषि प्रवर्द्धन, रैथाने बाली उत्पादनमा प्रोत्साहन गर्नु पर्नेमा जोड दिनु भएको थियो । तथ्याङ्क हेर्ने हो भने नेपालमा २१ प्रतिशत जनसङ्ख्याले पर्याप्त खान खान पाएका छैनन्, त्यसैले जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्दै खाद्यवस्तुमा पहुँच सुनिश्चित गराउन आवश्यक छ ।


खाद्य सुरक्षामा ज्ञान केन्द्रले नवीनतम कृषि प्रविधिहरूको प्रचार प्रसार, कृषि प्राविधिक, कृषक तथा कृषि व्यवसायीहरूको ज्ञान, सीप, दक्षता अभिवृद्धि, प्राविधिक सेवा, कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रमहरूको कार्यान्वयन, कृषि तथ्याङ्क सङ्कलन तथा अद्यावधिक गर्ने, सिञ्चित क्षेत्र विस्तार, प्राङ्गारिक कृषि प्रवर्द्धन, रैथाने बाली प्रवर्द्धन, फार्म यान्त्रीकरण, बीउ उत्पादन प्रोत्साहन गर्ने कार्यक्रम संचालन गर्ने बताउनुभयो ।


साँघुरिँदो कृषि क्षेत्र र विस्तारित जनसङ्ख्याको बिचमा उचित तालमेल मिलाई उत्पादन र उत्पादकत्व बढाउन सक्नु समय सान्दर्भिक हुने भन्दै उहाँले खाद्यान्न प्रणालीमा किसानहरू सम्प्रभुता हुनु अनिवार्य आवश्यकता रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

कुकरले टोकेका पशुलाई निःशुल्क रेबिज विरुद्धको खोप लगाइयो

सिन्धुली, २० भदौ ०८० दुधौली नगरपालिका ३ र ६ मा बौलाहा कुकरको टोकाइबाट घाइते भएका पशुहरूलाई रेबिज विरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा

सिन्धुलीमा लम्पी स्किन रोग विरुद्ध साताव्यापी खोप अभियान सुरु

सिन्धुली, २५ साउन ०८० सिन्धुलीमा बिहीबार देखी लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु

लम्पि स्किन रोग नियन्त्रणका लागि पाराभेटेरिनरीले प्रधानमन्त्रीलाई पठायो ज्ञापन पत्र

सिन्धुली, १४ साउन २०८० नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एसोसिएसन जिल्ला कार्य समिति सिन्धुलीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन