बिशाल स्मृति फुटबल प्रतियोगिताको उपाधि लाम्पनटरलाई
सिन्धुली १४ असोज ०८२
विशाल बुढाथोकी तेस्रो स्मृति फुटबल प्रतियोगिताको उपाधि लाम्पनटर युवा क्लबले पाएको छ । सेतीसुन्दरी युवा क्लब चकमकेको आयोजना गरेको प्रतियोगिताको उपाधि लाम्पान्टार युवा क्लबले जितेको हो ।
प्रतियोगिताबाट सेतीसुन्दरी युवा क्लब चकमके उपविजेता भएको छ । विजेता समूहलाई नगद ३० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त प्रदान गरिएको छ भने उपविजेता समुहलार्ई नगद १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
.png)
प्रतियोगितामा १४ समूहले सहभागिता जनाएका थिए । विशाल बुढाथोकीको सम्झनामा विगत ३ वर्षदेखि चकमकेमा प्रतियोगिता हुँदै आएको हो । कुनै सरकारी निकायको लगानीबिना यति ठुलो प्रतियोगिता सञ्चालन गर्नु कठिन हुने भए पनि पासाङ तामाङको पहलमा सम्भव भएको आयोजकले जनाएको छ । पहिलो संस्करणदेखि नै उहाँको व्यक्तिगत पहल मार्फत रकम सङ्कलन गरेर प्रतियोगिता निरन्तरता दिँदै आउनु भएको हो ।
प्रतियोगिताबाट सङ्कलित रकम खर्च विवरण प्रस्तुत गरी बाँकी रहेको २० हजार रुपैयाँमध्ये १० हजार ‘जेनजेड आन्दोलन’का तिनपाटनका युवा तथा स्व. विशाल सुनुवारको परिवारलाई, १० हजार स्व. विशाल बुढाथोकीको परिवारलाई सहयोग गरिएको छ । समाजसेवामा सक्रिय पासाङ तामाङ हाल बिपी यातायात चकमकेका इन्चार्ज, राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज समेत रहेका छन् ।
कुमार स्मृति गोल्डकपको उपाधि तरुण दल दुधौलीलाई
सिन्धुली २ मंसिर ०८२ सिन्धुलीको दुधौली नगरपालिकामा जारी प्रथम स्व। कुमार स्मृति गोल्डकपको उपाधि घरेलु टिम तरुण दल दुधौलले हात पारेको छ । लहान
क्रिकेट प्रतियोगिताको दोस्रो सेरिजमा भगवती पहिलो
सिन्धुली ३० कार्तिक ०८२ सिन्धुलीमाढीमा गत बुधवार देखी जारी कमलामाई नगर स्तरीय अन्तर मावि क्रिकेट प्रतियोगिताको दोस्रो सेरिजमा भगवती अङ्ग्रेजी
अपाङ्गता भएका व्यक्तिहरूका लागि समावेशी खेलकुद कार्यक्रम सम्पन्न
सिन्धुली, ०९ असार ०८२ “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद“ भन्ने नारासहित अपाङ्गता भएका व्यक्तिहरूको सहभागितामा समावेशी खेलकुद






प्रतिकृया दिनुहोस