• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

कुमार स्मृति गोल्डकपको उपाधि तरुण दल दुधौलीलाई

सिन्धुली २ मंसिर ०८२


सिन्धुलीको दुधौली नगरपालिकामा जारी प्रथम स्व। कुमार स्मृति गोल्डकपको उपाधि घरेलु टिम तरुण दल दुधौलले हात पारेको छ ।


लहान नगरपालिकाको टिमलाई २–० गोल अन्तरले पराजि गर्दै घरेलु टिम तरुण दल दुधौलीले गोल्डकपको उपाधि हात पारेको हो । घरेलु टिम तरुण दलले १ लाख रुपैंया पुरस्कार संगै ट्रफि पाएको छ ।


यस्तै उपविजेता बनेको पाहुना टोली लहान नगरपालिकाले ५० हजार र रुपैंया नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा बेस्ट फिल्डर सुजन थापा, मिड फिल्डर सुदिप तामाङ, वेष्ट डिफेन्डर मिलन कुमर घोषित हुनुभयो । प्रतियोगिता विजयी समुह र खेलाडीलाई दुधौली नगरपालिकाका कार्यबहाक मेयर चन्द्रकिशोर थारुले पुरस्कार प्रदान गर्नु भएको थियो । प्रतियोगिताको समापन समारोहमा संबोधन गर्दै  कार्यबहाक नगरप्रमुख थारुले स्थानीय स्तरमै प्रतिभा विकास गर्न यस प्रकारका प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।


युवामा अनुशासन, आपसी सहकार्य र खेलकुदको विकास गर्न समेत टेवा पुग्ने बताउनुभयो । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ नेपाल तरुण दलको अभियान अन्तर्गत प्रथम स्व। कुमार बस्नेत स्मृति गोल्डकप २०८२ कात्तिक २५ गते बाट सुरु भएको थियो ।

प्रतिकृया दिनुहोस

क्रिकेट प्रतियोगिताको दोस्रो सेरिजमा भगवती पहिलो

सिन्धुली ३० कार्तिक ०८२   सिन्धुलीमाढीमा गत बुधवार देखी जारी कमलामाई नगर स्तरीय अन्तर मावि क्रिकेट प्रतियोगिताको दोस्रो सेरिजमा भगवती अङ्ग्रेजी

बिशाल स्मृति फुटबल प्रतियोगिताको उपाधि लाम्पनटरलाई

सिन्धुली १४ असोज ०८२ विशाल बुढाथोकी तेस्रो स्मृति फुटबल प्रतियोगिताको उपाधि लाम्पनटर युवा क्लबले पाएको छ । सेतीसुन्दरी युवा क्लब चकमकेको आयोजना

अपाङ्गता भएका व्यक्तिहरूका लागि समावेशी खेलकुद कार्यक्रम सम्पन्न

सिन्धुली, ०९ असार ०८२ “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद“ भन्ने नारासहित अपाङ्गता भएका व्यक्तिहरूको सहभागितामा समावेशी खेलकुद