रुस र युक्रेनबीच वार्ता सुरु
रुसी सेनाले युक्रेनमा सैन्य आक्रमण गरेको पाँचौ दिनमा यी दुई राष्ट्रका अधिकारीहरुबीच बेलारुसमा शान्तिवार्ता सुरु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यी दुई देशबीच भएको शान्ति वार्ताका तस्बिरहरु सार्वजनिक गरेका छन्।
वार्ताअघि युक्रेनमा राष्ट्रपति जेलेन्स्कीले युद्धबिराम गर्न र आफ्नो देशबाट सेना फिर्ता लैजान रुससँग आग्रह गरेका थिए। युक्रेनसँग सीमा जोडिएको बेलारुसको क्षेत्रमा दुई देशका अधिकारीहरु वार्तामा बसेका हुन्।
रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले मस्कोले दुवै पक्षको हितमा भएको सम्झौतामा पुग्न चाहेको बताएका छन्। वार्ताअघि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई तुरुन्तै ‘युरोपेली युनियन’को सदस्यता प्रदान गर्न ईयूलाई आग्रह गरेका छन्। यसअघि बेलारुसले दुवै देशका वार्ता टोलीको भेट हुने स्थानको व्यवस्थापन पूरा भएको र अब चाँडै वार्ता हुने जनाएको थियो।
भारतमा ओमिक्रोन फैलदै, एकै दिन ८ हजार ५०३ जनामा कोरोना संक्रमण
भारतमा आइतबार सात हजार ७७४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । भारतमा अझै पनि ९२ हजार २२८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यसै अवधीमा कोरोना
अफगान छात्रा विद्यालय जान थाले
सेतो ‘हिजाब’ र कालो ‘टयुनिक’ लगाएकि छात्रा पश्चिमी अफगानिस्तानको हेरात शहरस्थित विद्यालयमा अध्ययनका लागि फर्किन थालेका छन् । तालिबानले आफ्नो
अफगानिस्तानमा तीन लाख बिस्थापित
अफगानिस्तानमा जारी हिंसाले कम्तिमा तीन लाख सर्वसाधारण आन्तरिक बिस्थापित भएको बताइएको छ । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय प्रबास संगठनको एक






प्रतिकृया दिनुहोस