• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

विद्यालयमा नै जीवन उपयोगी सीप पढाउँछौ

फिक्कल गाउँपालिकाको विकासको लागी पालिकाले कस्तो नीति निर्माण गरेको, विद्यार्थी, कृषक, युवाको लागी पालिकाले कस्तो नीति अवलम्बन गरेका छ, लगायतको विषयमा पालिका उपाध्यक्ष राजु बरालसँग गरेको कुराकानी ।


० उपाध्यक्ष ज्यू तपाईँले यस अधि वडा अध्यक्षको भूमिकामा हुनुन्थ्यो, अहिले उपाध्यक्ष यी दुई भूमिकामा के फरक पाउनु भो ?


– वडा अध्यक्ष र अहिले उपाध्यक्षको भूमिकामा धेरै नै फरक रहेको छ । म हिजो वडा अध्यक्षको भूमिका निर्वाह गरी रहँदा पनि त्योसँगै पालिकाको प्रवक्ताको समेत भूमिका निर्वाह गरेकाले त्यति धेरै फरक त पाएको छैन, तर पनि कार्यसम्पादनको हिसाबमा पनि वडा अध्यक्ष हुँदा र अहिले पालिका उपाध्यक्ष हुँदा गर्नु पर्ने कार्यभार जिम्मेवारी अलि फरक छ , अरू त त्यस्तो धेरै केही देखिएको छैन ।


० भौगोलिक विकटताका कारण फिक्कलमा कर्मचारी आउन र आए पनि बस्नै चाहदैनन कि न होला ?


–यो समस्या नै छ , यो स्थानीय तह , राज्य पूर्न संरचना ,संवैधानिक व्यवस्था अनुसार बनेको स्थानीय तहमा यो निकै जटिल समस्या हो । म वडा अध्यक्ष हुँदा ३÷४ जनाको भरमा कार्यसम्पादन ग¥यौ , थोरै कर्मचारीको भरमा कार्यसम्पादन गर्नु पर्ने अवस्था आयो ,तर अहिले लोकसेवा आयोगबाट पदपूर्ति भएर आउनु भएका कर्मचारीहरू हुनुहुन्छ,केही करारका कर्मचारी गाउँपालिकाले पनि राखेका छौँ, त्यो समस्या केही हद सम्म निराकरण भएको छ, तर पनि केही समस्या चौ अझै पनि छ, हामीले त्यसलाई निराकरण गर्ने प्रयास गरेका छौँ । त्यसको केही व्यवस्थापन पनि गरेका छौँ ।


०कृषि ,सडक र रोजगार फिक्कलको सम्बृद्धिको आधार भन्ने मूल मत्र लिएर अगाडी बढ्नु भएको छ । यसका आधारहरू के हुन ?


–    हाम्रो यहाँ ९९ प्रतिशत जनताहरू कृषिमा आधारित छन् । कृषि पनि परम्परागत कृषि,जीवन निर्वाह मुखी कृषि छ, आधुनिक कृषि प्रणाली, यसलाई अव परिवर्तन गरी समुहिक खेती, आयआर्जनमा जोड्ने खालको कृषि गर्ने तर्फ पालिकाका कृषकहरूलाई सहजीकरण गरिरहेका छौँ । पर्यटनमा पनि जल पर्यटन र जिल्लाकै अग्लो भू–भाग फिक्कललाई हामीले अगाडी बढाएका छौँ, पालिका हुदैँँ बगेको सुनकोसी नदीमा जलयात्रा र फिक्कल डाँडाबाट देखिन रमणीय दृश्यलाई हामीले पहिलो प्राथमिकता राखेका छौँ ,कृषि र पर्यटनलाई नै रोजगारमा परिवर्तन गर्नु पर्छ भन्ने हाम्रो अभियान छ । अर्को कुरा पूर्वाधार भन्ने चाहिँ कस्तो छ भने फिक्कल गाउँपालिका आफैमा पनि एकदम दूर दराज ,विकटमा रहेको कारण पूर्वाधारमा जोड दिएका छौ , विद्युतीयता कस्तो हुन्छ भनेर देख्न समेत नपाएका फिक्कलबासीले  विद्युतको उपयोग गर्न पाउने भएका छन् । विद्युतको केन्द्रीय प्रसारण लाइनलाई जोड्ने प्रयास गरेका छौँ, अहिले हाम्रो फिक्कल गाउँपालिका भरी नै केन्द्रीय प्रसारण लाइनलाई विस्तार गर्नको लागी टेण्डर भई सकेको अवस्था छ,काम चाँडो भन्दा चाँडो सुरु हुँदै छ ।


सडक सञ्जालको हकमा हामीले गाउँपालिका देखि वडा सम्म जाने सडकलाई स्तर उन्नति गरी कालोपत्रे गर्ने अभिनयमा छौँ । यसको कार्य पनि धमाधम रूपमा अगाडी बढी रहेको छ । अब स्कुलका कुरा छन्, भवनको कुराहरू छन् , सबै वडाहरूको आफ्नै भवन निर्माण गरी सकेका छौँ । वडा नम्बर ६ मा भने भवन निर्माणको  चरणमा छ, पालिकाको पनि आफ्नै ३२कोठे भवन निर्माण भई रहेको छ । अस्पतालको कुरा गर्ने हो भने प्राय वडाहरूमा बर्थिङ सेन्टर सहितको सेवा दिई रहेका छौँ । धेरै वडाहरूमा आफ्नै भवनहरू छन् केही वडाहरूमा टेण्डर भइसकेको छ निर्माण प्रक्रियामा रहेका छन् । स्कुलहरू बन्ने कुराहरू छन् जीर्ण रहेका स्कुलहरूलाई चाहिँ हामीले माध्यमिक र निम्न माध्यमिक तहसम्म पठनपाठन हुने स्कुलहरू चाहिँ हामीहरूले बनाई सकेको अवस्था छ , धेरै आधारभूत विद्यालयहरू पनि बनी सकेका छन्, बाँकी रहेका विद्यालयहरू पनि चाडै निर्माण हुने छन् । यो ढङ्गबाट हामीले पूर्वाधारलाई अगाडी बढाएका छौँ ।


० तपाईँहरूको ठुलो लगानी कृषिमा छ, यसबाट पालिकाका कृषिमा आत्मनिर्भर बनेको छ ?


–कृषिमा पालिकाकाले ठुलो रकम खर्च गरेको छ, पालिकाको मात्र नभएर गैरसरकारी संस्थाहरूले पनि कृषिमा ठुलै रकम खर्च गरेका छन् । तर पनि पालिकाका कृषकहरूले व्यावसायिक कृषिलाई अँगाल्न सकेको देखिँदैन , केही प्रयासहरू भने हुन थालेका छन् । अझै पनि पालिकाका धेरै कृषि उपजहरू आयत भई रहेको छ। पालिकाको धेरै चासो भनेकै कृषि र पशुमा हो ।  हाम्रो विशेष उपार्जनको श्रोत नै यही हो । यसलाई आत्मनिर्भर बनाउनका लागी हामीले ब्लकका कार्यक्रमहरू ल्याएका छौँ । आलु बाली, फलफूल खेती र यहाँ दलन बाली पनि एकदमै राम्रो हुने भएकाले कुन क्षेत्रमा कुन जाँतका फलफूल र दलनहरू हुन्छ त्यही अनुसारको खेती प्रणाली अपनाएका छौँ । महाभारत र सनुकोशि गढतिर क्षेत्रको बिचको भागमा दलन बाली असाध्यै राम्रो हुने भएकाले त्यहाँ दलन र पशुपालन व्यवसायलाई प्राथमिकता दिएका छौँ । हामीले सामूहिक बाख्रा पालन , समुहिक फलफूल खेती गर्न लगाउने, सामूहिक तरकारी खेती गर्न लगाउने, आधुनिक प्रविधियुक्त खेती प्रणालीमा जोड्ने पालिकाको प्रयास र लगानी रहेको छ । हामीले प्राविधिक ज्ञान सहित कृषकलाई व्यवसायी खेतीमा जोडेका छौँ । पहिला उहाँहरूसँग प्राविधिक ज्ञान थिएन अहिले हामीले प्राविधिक ज्ञान सहित खेतीमा लागेका लगाएका छौँ ।


० कृषिलाई व्यवसायीकरण गर्नका लागी हेफर सँग सहकार्य गर्नु भो त्यसको अहिले पालिकामा केही विरोधका आवाजहरू सुनिन थालेको छ , के हो समस्या ?


–हो पालिकामा हेफरसँगको सहकार्यको विषयलाई लिएर केही प्रश्न चिन्हहरू खडा भएका छन् । त्यसको विषयमा हेफरका साथी,पालिकाका साथीहरू र त्यस्ता गुनासा गर्ने केही साथीहरूको बिचमा बसेर हामीले समन्वय ग¥यौँ,केही ठाउँमा जानेर केही ठाउँमा नजानेर केही गल्तीहरू भए होलान् त्यसलाई छलफल गरेर सुधार गरेर न्यूनीकरण गरेर अगाडी बढ्ने बढ्नु पर्छ । कति पय कुराहरूमा चाहिँ सूचना वा बुझाइमा कमजोरी भएका कारण पनि यस्तो गुनासो वा प्रश्न चिन्हँहरु खडा भएको पायौँ । त्यसलाई चिरेर अगाडी बढ्नु पर्छ ।


० शिक्षा क्षेत्र चाहिँ राजनीतिक प्रभावका कारण बिग्रियो भन्निन्छ फिक्कलको अवस्था के छ ?


–शिक्षा क्षेत्रलाई राजनीतिक प्रभाव नपारेको देशभर कहीँ छैन होला त्यसबाट फिक्कल पनि अछुतो छ भन्न म सक्दिन । हिजो निर्वाचन लडेका साथीहरू पनि शिक्षा क्षेत्रबाट आएका छन् । अहिले पालिकाका कति जना वडा अध्यक्षहरू जनप्रतिनिधि पनि शिक्षा क्षेत्रबाटै आउनु भएको छ । राज्यका मन्त्री देखि अन्य माननीयहरू समेत शिक्षा पेसाबाट आउनु भएको छ । शिक्षक मात्र नभएर देशका जिम्मेवार निकायमा बसेका कर्मचारीहरू नै पाटीको राजनीतिक दलको झन्डा राखेर सामाजिक सञ्जालमा पोस्ट गरी रहनु भएको छ , यो कुरा राज्यका नीतिगत तहमा बसेका नेता तथा ठुला व्यक्तिहरूले हेरी रहेका छन् तर पनि कुनै कारबाही गरेको देखिँदैन , हामीले पनि यहाँ शिक्षकहरूलाई किन यस्तो कार्य गर्नु भो भन्दा उहाँहरूको जवाफ नै त्यही आउँछ,त्यस कारण राज्यले नीतिगत रूपमा नै यसको अन्त्य गर्नु आवश्यक छ । फिक्कल गाउँपालिकाले पनि शिक्षक मात्र नभएर अन्य क्षेत्रमापनि राजनीतिक प्रभाव न्यूनीकरण गर्न लागी परेको छ ।

 

०तपाईँले ६ वर्ष जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गरी सक्नु भएको छ । फिक्कलको विकासको लागी के अभाव छ ?


–फिक्कलको विकासको लागी सबैभन्दा पहिला शिक्षामा परिवर्तन गर्नु पर्छ । हामी शिक्षालाई परिवर्तन गर्न लागेका पनि छौँ । हाम्रा १९ वटा निम्न माध्यमिक विद्यालय छन्, तीनमा पहिला कम्प्युटर शिक्षा पढाउने गरी कम्प्युटर ल्याब व्यवस्थापन गरेका छौँ । त्यति मात्रले पुग्दैन कम विद्यार्थी भएका विद्यालयहरूलाई मर्च गर्ने हो की , आधुनिक ,प्रविधि मैत्री शिक्षा आजको आवश्यकता हो , त्यही अनुसारको शिक्षा दिनु पर्छ भन्ने हाम्रो ठम्याई छ । प्राविधिक वा प्रविधि युक्त भन्ने बित्तिकै हाम्रो बुझाई छ, अहेव,अनमी, भेटनरी शिक्षा भन्ने । तर हामीले दिने भनेको प्रविधि युक्त शिक्षा भनेको अब हामी कक्षा आठमा पढ्ने विद्यार्थीलाई कपडा सिलाउन सिकाउँछौँ , रेडियो, घडी, मोबाइल, पलम्विङका कामहरू सिकाउँछौँ । यस्ता कामहरूले सिप दिन्छौ। यस्तो बनाउन सिकाउँछौँ, अहिले यो सिप भएको जनशक्ति अभाव छ, यो तरिकाबाट प्राविधिक शिक्षालाई प्रवेश गराउने हाम्रो तयारी छ । अर्को पक्ष भनेको सडक सञ्जाल हो, पालिकामा भएका जति सडकहरू छन् तीनलाई अलि व्यवस्थित गरेर जाने गरी नीति गत निर्णय हामीले गरेका छौँ । पर्यटनको सवाल छ ,यसलाई पनि हामीले केवल कार, सडक सञ्जालको सपना छ, सुनकोसी नदीमा जलपर्टन, प्याराग्लाईडिङ ,जिल्लाकै अग्लो स्थान फिक्कल भ्यूटावरबाट देखिने रमणीय दृश्यको अवलोकन लगायतको सम्पूर्ण व्यवस्थापन गर्न सके फिक्कलको विकास हुन्छ भन्ने हाम्रो ठम्याई छ । यति गर्न सकेमा पाँच वर्षमा फिक्कलले विकासमा फड्को मार्छ ।


०स्थानीय तहको विकास नहुनुमा प्रदेश र सङ्घीय सरकारसँग समन्वय नुहुन पनि कारक हो भन्छन्, फिक्कलको समन्वयको अवस्था कस्तो छ ?


–हाम्रो समन्वय एकदमै राम्रो छ ,अझ राम्रो बनाउने प्रयासमा  हामी छौँ । हामीले प्रदेश सरकार, सङ्घीय सरकारसँग समन्वय,सहकार्य र सहअस्तित्व तीन वटै कुरालाई सँगै लिएर जानु पर्ने कुरालाई कहिले कहीँ प्रदेश र सङ्घीय सरकार नमिल्ने गरेका भनेको स्थानीय तहमा एउटा पाटिबाट विजयी भएका जनप्रतिनिधि हुने अनि सङ्घ र प्रदेशमा अन्य पार्टीको सरकार बन्ने, सरकारहरू परिवर्तन भई रहने, अनि त्यो पालिकामा कसले जिती रहेको छ, अझ भनौँ राजनीतिक आस्थाको भरमा व्यवहार गरिने ,अझ तपाईँलाई प्रस्ट भाषामा भन्नु पर्दा हिजोको अवस्था र आजको अवस्थामा हिजो एमालेको सरकार हुँदा र आज काँग्रेसको सरकार हुँदा त्यही अनुसार जाने भो , समन्वय चाहिँ स्थानीय सरकारसँग हुनु पर्ने हो, तर आज यहाँ कार्यकर्तासँग समन्वय हुन्छ, पालिकामा आएका कतिपय योजनाहरू पालिकाले सिफारिस नै नगरेका आउने गरेका छन् । एउटा कार्यकर्ताको इच्छाको भरमा योजनाहरू आउने जस्ता विषयमा अलिकति तारतम्य मिली रहेको छैन , बाँकी अन्य कुरामा समन्वय भइरहेको छ ।


० लादिएको बजेट वा योजना तपाईँहरूले फिर्ता पठाउन सक्नु हुन्न ?


–पठाउन सकियो, फर्काउन पनि सकियो तर भोलि पालिकाको कार्यसम्पादनमा प्रश्न चिन्ह खडा हुने भएका कारण फिर्ता पठाउन गा¥हो परेको हो । कतिपय योजनाहरू हामीहरूले सम्पादन नै गर्न नसक्ने गरी पठाएका हुन्छन् , जस्तो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता , एक लाख रुपैयाँ बजेट पठाउनु हुन्छ,राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता एक लाखले पुरा गर्नै सकिँदैन ,यस्ता कार्यक्रमहरू अध्ययन नै नगरीकन पठाईन्छ, यो एउटा उदाहरण मात्र हो अन्य यस्ता कार्यक्रमहरू पनि छन्, जुन अध्ययन अनुसन्धान नगरी पठाईन्छ, यस्ता कार्यक्रमहरू पालिकाले अन्य श्रोत व्यवस्थापन गरेर गर्नु पर्छ, यस्ता कार्यक्रमहरू चाहिँ लादिएका कार्यक्रमहरू हुन,जुन नगरी पनि हुँदैन ।


०फिक्कलको लागी राजनीतिक दल, विद्यार्थी, शिक्षक, बुद्धिजीवी,कृषक लगायतका सर्कलले के–के गरे विकास हुन्छ लाग्छ ?


–राज्यबाट के पाए, के लिए भन्ने मात्र मानसिकता त्याग्नु पर्छ ।  राजनीतिक दल, विद्यार्थी, शिक्षक, बुद्धिजीवी,कृषक लगायतले म पनि राज्यको एक जिम्मेवार व्यक्ति हु, मैले राज्यबाट के लिए भन्ने भन्दा पनि मैला राज्यका लागी कति योगदान गरे भन्ने सकारात्मक सोचको विकास हुन आवश्यक छ । तत तत ठाउँ हामी जो जहाँ छौ, त्यहीबाट सबैले सकारात्मक ढङ्गबाट विकास निर्माण, शिक्षा, स्वास्थ्यका क्षेत्रमा काम गर्ने हो भने फिक्कलको विकासले फड्को मार्न केही समय लाग्दैन ।


० कृषि अनुदान दुरुपयोग भयो, यसलाई रोक्नु पर्छ भन्ने आवाज उठेको छ, यसलाई उत्पादनमा आधारित अनुदानमा परिवर्तन गर्न सकिँदैन ?


–यो अनुदान भन्ने बित्तिकै यो नै दुरुपयोग हो । हामीले पनि पहिला देखि निर्णय भएका केही निर्णयहरूलाई कार्यान्वयन गरेका छौँ । अहिले हामीले पाँच वर्ष अगाडी अनुदान दिएका कृषकहरू खोज्यौँ भने भेट्दैनौ । एउटा सामान्य फर्म दर्ता गर्ने , अनि प्रक्रिया पु¥याएर अनुदान लिने त्यसपछि मानिस त्यहीबाट विस्थापित हुने अवस्था पनि छ । धेरै यस्तो भएको पनि देखिन्छ । कतिपय साथीहरू अनुदानबाट राम्रो भएको पनि देखेका छौँ । यस्तो भएकाले यसलाई सकारात्मक र नकारात्मक दुवै कोणबाट हेर्न सकिन्छ । हामीले यसलाई अनुदान नभएर सहुलियत ऋणको रूपमा परिवर्तन गर्नु पर्छ भनेर कार्यविधि बनाउन जुटेका छौँ, हेरौँ यसमा कतिको सफल भइन्छ । यस वर्ष पनि हामीले युवा स्वरोजगार कोषमा ५० लाख रुपैयाँ व्यवस्थापन गरी सकेका छौँ । यसमा हामीले अनुगमनको पाटोलाई कडाइ गरेका छौँ ।


० अन्तिममा तपाई केही भन्नु छ, देशभरका जनप्रतिनिधीहरुको आवाजको प्रतिनिधित्व गर्दै ?


–समग्रमा जनप्रतिनिधि भनेको जनताको सेवा गर्नको लागी जनताले निर्वाचित गरेका हुन, यसलाई सेवा प्रदायक पेसा बनाउनु पर्छ, यो व्यावसायिक पेसा हैन । यसलाई लाभको पद भन्दा पनि सेवा मूलक गैर पारिश्रमिक मूलक सेवा ठान्नु पर्छ । हामी यही मत्र साथ सेवामा लागेका छौ, आयआर्जन गर्ने भन्ने अन्य व्यवसाय गर्नु पर्छ, राजनीति आयआर्जन गर्ने क्षेत्र हैन । यही मन्त्रलाई सबैले पालना गरौँ । हामीले हाम्रो ठाउँमा रहेर कति पनि नहडबढाई कन हाम्रा जिम्मेवारीहरू पुरा गर्नको लागी अगाडी बढ्यो भने , हाम्रो सुन्दर नेपाल , सुन्दर पालिका निर्माणको सपना पुरा हुन्छ ।



 


 

प्रतिकृया दिनुहोस

चुनावका बेला गरेका धेरै प्रतिबद्धता पुरा गरिसके : राउत

  बास्तावमा चदाहाँ नदीले खेती योग्य जमिनालाई बगर बनाएको सत्य छ । धेरै किसानका खेतहरु बगमा परिणत भएका पनि हामीले देखेका छौ । तर हामी हेरर मात्र

कोरोना विरुद्ध लड्दै जनताका विकासका कामहरु गरि रहेका छौ : पार्वती सुनुवार

पार्वती सुनुवार सिन्धुलीको महिला हिंसा विरोधी आन्दोलनमा कुनै अपरिचत नाम होइन । अखिल नेपाल महिला संघ सिन्धुलीकी शसक्त महिला नेतृकी रुपमा चिनिनुभएकी

समाजवादी यात्राकालागि खुड्किलाहरु तयार गरि रहेका छौ : राजु बराल

माक्र्सवाद र लेलिनवाद मात्रै होइन, जनताको बहुदलिय जनबादनैं नबुझ्दै कम्युनिष्ट पार्टीमा लागेको लागेको स्मरण छ । अरु नेताको पछि लाग्दै गर्दा