• शनिबार १-२२-२०८१/Saturday 05-04-2024

घ्याङलेखका स्वास्थ्य स्वयमसेवीकाहरुलाई आयुर्वेदबारे जानकारी

घ्याङलेख गाउँपालिकामा रहेका महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई आयुर्वेद सम्बन्धी जानकारी गराइएको छ । बुधबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीको आयोजनामा सचेतना कार्यक्रम मार्फत आर्युवेदका बारेमा जानकारी गराइएको हो ।

 


कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका प्रमुख डाक्टर अर्जुन उपाध्यायले आयुर्वेदले जीवन जिउने कला सिकाउने बताउनुभयो । आयुर्वेद स्वास्थ्य संस्थाको पहुँच नपुगेका स्थानहरूमा आयुर्वेद चिकित्सा सेवा सम्बन्धी सचेतना र सेवा प्रवाह गर्न आवश्यक रहेकाले कार्यालयले सरोकारवाला निकायलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण गर्दै आएको बताउनुभयो ।


यस कार्यक्रमले समुदायमा आयुर्वेद सेवा सम्बन्धी सचेतना फैलाउने, आयुर्वेद सेवाग्राहीको सङ्ख्या वृद्धि हुने उद्देश्यले एक दिने सचेतनाको कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो ।


आमा र बच्चाको स्वास्थ्य सुधार गर्ने तथा कुपोषणजन्य रोगबाट बचाउने स्तनपानको महत्वबारे स्तनपायी महिलाहरूलाई जनचेतनामूलक स्वास्थ्य शिक्षा प्रदान गर्ने, ज्येष्ठ नागरिकहरूको शारीरिक जाँच गरी रसायन चिकित्सा र योगको माध्यमबाट स्वास्थ्य संरक्षण, प्रवर्धन र उचित परामर्श दिने लगायत आयुर्वेद स्वास्थ्य केन्द्रका सेवाका बारेमा जानकारी गराउनु भएको थियो ।


कार्यक्रमका सहभागीहरूले आयुर्वेद सेवाको बारेमा जानकारी पाएकोमा खुसी व्यक्त गर्दै गाउँपालिकामा आयुर्वेद उपचार सेवाबाट विगतको तुलनामा लाभ लिनेको सङ्ख्या बृद्धि हुँदै आएको बताएका थिए । महिला, ज्येष्ठ नागरिकहरू प्रत्यक्ष लाभान्वित भएको र आयुर्वेद सेवा प्रति उत्साह बढेको उनीहरूको भनाई छ ।


गाउँपालिकाले समेत नागरिक आरोग्य केन्द्रलाई स्थापना र दरबन्दी व्यवस्थापन, औषधि खरिद गर्ने लगायत आर्युवेदलाई समेत प्राथमिकता दिँदै आएको र स्तनपायी आमालाई मातृ शिशु सुरक्षार्थ दुग्धवर्धक जडीबुटीजन्य औषधि सेवा प्रभावकारी भएको स्वायमसेवीकाहरुले बताए । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

मरिण महोत्सवमा निःशुल्क आयुर्वेद सम्बन्धी परामर्श र उपचार सेवा

सिन्धुली १६ पुस ०८० चौथो मरिण महोत्सवमा दुई सय जनाले आयुर्वेद सम्बन्धी परामर्श र उपचार लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले

सिन्धुली अस्पतालका स्वास्थ्यकर्मीहरूको अल्टिमेटमले सेवा प्रभावित हुने

सिन्धुली अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफूले पाउनु पर्ने पारिश्रमिक माग गर्दै अल्टिमेटम दिएका छन् । ०८० पुस १९ गते सम्म पारिश्रमिक उपलब्ध

सिन्धुलीमा आयुर्वेद उपचारप्रति आकर्षित हुँदै

सिन्धुली, ४ पुस ०८० सिन्धुलीमा पछिल्ला दिनहरूमा आयुर्वेद उपचारप्रति स्थानीयहरू आकर्षित हुँदै आएका छन् । जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रले