• शनिबार १-२२-२०८१/Saturday 05-04-2024

सिन्धुली अस्पतालका स्वास्थ्यकर्मीहरूको अल्टिमेटमले सेवा प्रभावित हुने


सिन्धुली अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफूले पाउनु पर्ने पारिश्रमिक माग गर्दै अल्टिमेटम दिएका छन् । ०८० पुस १९ गते सम्म पारिश्रमिक उपलब्ध गराउन अल्टिमेटम दिएका हुन् ।


अस्पतालमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफूले दिएको समयमा पारिश्रमिक उपलब्ध नगराए अस्पतालको सेवा बन्द गर्ने चेतावनी दिएका छन् । पारिश्रमिक र दसैँ तिहारको चाडबाड खर्च सुविधा पाउनु पर्ने स्वास्थ्यकर्मीहरूको माग रहेको छ ।


बिहीबार १३ जना चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पतालका मेडिकल सुरिटेण्डेण्टलाई संयुक्त पत्र बुझाउँदै माग पूरा नभए पुस १९ गतेबाट अस्पतालको इनपेसेन्ट, ओपिडी, आपत्कालीनलगायत सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएका छन् । सिन्धुली अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफ्नो पारिश्रमिक माग गर्दै आए पनि सम्बन्धित निकायले हाल सम्म पनि चासो देखाएको छैन ।

प्रतिकृया दिनुहोस

मरिण महोत्सवमा निःशुल्क आयुर्वेद सम्बन्धी परामर्श र उपचार सेवा

सिन्धुली १६ पुस ०८० चौथो मरिण महोत्सवमा दुई सय जनाले आयुर्वेद सम्बन्धी परामर्श र उपचार लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले

घ्याङलेखका स्वास्थ्य स्वयमसेवीकाहरुलाई आयुर्वेदबारे जानकारी

घ्याङलेख गाउँपालिकामा रहेका महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई आयुर्वेद सम्बन्धी जानकारी गराइएको छ । बुधबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

सिन्धुलीमा आयुर्वेद उपचारप्रति आकर्षित हुँदै

सिन्धुली, ४ पुस ०८० सिन्धुलीमा पछिल्ला दिनहरूमा आयुर्वेद उपचारप्रति स्थानीयहरू आकर्षित हुँदै आएका छन् । जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रले