• शनिबार १-२२-२०८१/Saturday 05-04-2024

मरिण महोत्सवमा निःशुल्क आयुर्वेद सम्बन्धी परामर्श र उपचार सेवा

सिन्धुली १६ पुस ०८०


चौथो मरिण महोत्सवमा दुई सय जनाले आयुर्वेद सम्बन्धी परामर्श र उपचार लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले महोत्सवमा राखेको स्टलमा स्थानीयले आयुर्वेद सम्बन्धी जानकारी र उपचार सेवा लिएका हुन् ।


मरिण गाउँपालिकाका स्थानीयलाई आयुर्वेद बारे जानकारी गराउने उद्देश्यले मरिण महोत्सवमा स्टल राखिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका सूचना अधिकारी  दिपकराज तिमल्सिनाले जानकारी दिनुभयो । महोत्सवमा आउने स्थानीयलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले प्रदान गर्ने सेवाको बारेमा जानकारी दिँदै आयुर्वेदको बारेमा समेत जानकारी गराएको उहाँले बताउनुभयो । सो क्रममा २ सय जनाले महोत्सव अवधिमा उपचार सेवा र परामर्श लिएको उहाँले बताउनुभयो ।


आयुर्वेदको बारेमा जनचेतना फैलाउने उद्देश्यले महोत्सवमा स्टल राखिएको र कार्यक्रम प्रभावकारी भएको उहाँले बताउनुभयो । भोलिका दिनमा आयुर्वेदको उपचार र सेवा लिने सेवाग्राहीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने उहाँले बताउनुभयो । आयुर्वेदिक उपचार पद्धतिबाट पनि रोगको निदान गर्न सकिन्छ भन्ने जनतामा विश्वास बढाएको उहाँले बताउनुभयो ।


सिन्धुलीमा पछिल्ला दिनहरूमा आयुर्वेद उपचारप्रति स्थानीयहरू आकर्षित हुँदै आएका छन् । जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेद सम्बन्धी जनचेतना तथा स्थानीय स्तरमा उपलब्ध जडीबुटी सहितको उपचार विधि बारे जनचेतना जगाउँदा अन्य उपचार भन्दा आयुर्वेद उपचार गर्न सहज मान्ने गरेका हुन् ।


कार्यालयले आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्दा स्थानीयहरूले घर आँगन मै उपचार पाएको र परापूर्व कालदेखि गाउँघर मै उपचार गदै आएको पद्घतीलाई सुधार गर्दै उपचार गरिने गरेको पाइएपछि स्थानीयहरू आयुर्वेद उपचार प्रति आकर्षित भएका हुन् ।


 

प्रतिकृया दिनुहोस

सिन्धुली अस्पतालका स्वास्थ्यकर्मीहरूको अल्टिमेटमले सेवा प्रभावित हुने

सिन्धुली अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफूले पाउनु पर्ने पारिश्रमिक माग गर्दै अल्टिमेटम दिएका छन् । ०८० पुस १९ गते सम्म पारिश्रमिक उपलब्ध

घ्याङलेखका स्वास्थ्य स्वयमसेवीकाहरुलाई आयुर्वेदबारे जानकारी

घ्याङलेख गाउँपालिकामा रहेका महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई आयुर्वेद सम्बन्धी जानकारी गराइएको छ । बुधबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

सिन्धुलीमा आयुर्वेद उपचारप्रति आकर्षित हुँदै

सिन्धुली, ४ पुस ०८० सिन्धुलीमा पछिल्ला दिनहरूमा आयुर्वेद उपचारप्रति स्थानीयहरू आकर्षित हुँदै आएका छन् । जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रले