सिन्धुलीमा १२ हजार ५९२ किशोरीले लगाए ‘एचपीभी’ खोप
सिन्धुली २५ माघ ०८१
पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियानको चौथो दिन सिन्धुलीमा १२ हजार ५९२ किशोरीले खोप लगाएका छन् ।
जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तका अनुसार जिल्लामा हाल सम्म ८६.१ प्रतिशत किशोरीलाई खोप लगाइएको छ ।
हाल सम्म कमलामाई नगरपालिकाका २ हजार ७७८, दुधौली नगरपालिकाका २ हजार ५२२, तिनपाटन गाउँपालिकाका १ हजार ४५२, फिक्कल गाउँपालिकाका ९५१, गोलञ्जोर गाउँपालिकाका १ हजार ३, सुनकोसी गाउँपालिकाका १ हजार १२, घ्याङलेख गाउँपालिकाका ६८५, मरिण गाउँपालिकाका १ हजार ३१९ र हरिहरपुरगढी गाउँपालिकाका ८७० जनाले खोप लगाएका छन् ।
विद्यालय बाहिर रहेका ६६ जना किशोरीले एचपीभी’ खोप लगाइएको उहाँले जानकारी दिनुभयो । कमलामाई नगरपालिकामा ५, दुधौली नगरपालिकामा १४, तिनपाटन गाउँपालिकामा ३, फिक्कल गाउँपालिकामा १, गोलञ्जोर गाउँपालिकामा ५, सुनकोसी गाउँपालिकामा ३, घ्याङलेख गाउँपालिकामा ११, मरिण गाउँपालिकामा २ र हरिहरपुरगढी गाउँपालिकामा २२ जना विद्यालय बाहिर रहेका किशोरीलाई खोप लगाइएको उहाँले जानकारी दिनुभयो ।
पाचौ दिन १०९ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।
विद्यालयमा कक्षा ६ देखी १० सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाउने कार्यमा सहयोग गर्न उहाँले सम्बन्धित सवैमा आग्रह गर्नुभयो । विद्यालयमा विभिन्न कारणले खोप लगाउन नपाएका किशोरीहरूले नजिकको खोप केन्द्रमा गएर पनि अभियान भरी खोप लगाउन सक्ने उहाँको भनाई रहेको छ ।
स्वास्थ्य बिमा बोर्ड र फिक्कल अस्पतालबिच सेवा सम्झौता
सिन्धुली २ भदौ ०८२ स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड र सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकास्थित
तेस्रो दिन सम्म ७४ प्रतिशत किशोरीले लगाए ‘एचपीभी’ खोप
सिन्धुली २४ माघ ०८१ सिन्धुलीमा मङ्गलवार देखी सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियानको तेस्रो दिन बिहीबार ३ हजार ४०१
‘एचपीभी’ खोप अभियान जारी : सिन्धुलीमा ७ हजार ४२० ले लगाए
सिन्धुली २३ माघ ०८१ सिन्धुलीमा जारी पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी’ खोप अभियानको दोस्रो दिन ५ हजार २७९ जना किशोरीले






प्रतिकृया दिनुहोस