• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

स्वास्थ्य बिमा बोर्ड र फिक्कल अस्पतालबिच सेवा सम्झौता

सिन्धुली २ भदौ ०८२


स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड र सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकास्थित फिक्कल अस्पतालबिच सेवा सम्झौता भएको छ ।


स्वास्थ्य बिमा ऐन २०७४ र स्वास्थ्य बिमा नियमावली २०७५ को प्रावधानअनुसार गरिएको सम्झौतामा दुवै पक्षका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्  । 


सम्झौताअनुसार बीमित सदस्यहरूले अस्पतालमार्फत सूचीकृत स्वास्थ्य सेवा, उपचार र औषधि सहजै पाउने व्यवस्था हुने फिक्कल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिनुभयो । अव बिमा कार्यक्रमअन्तर्गत उपचारमा प्रयोग हुने औषधि तथा सेवाको लागत स्वास्थ्य बिमा बोर्डले तोकेको दररेटअनुसार अस्पताललाई भुक्तानी गर्ने सहमति भएको छ ।


बोर्डले स्वास्थ्य बिमा कार्यक्रमको प्रचार–प्रसार, बीमित सेवाको जानकारी, आवश्यक रकम भुक्तानी र सेवाको अनुगमन गर्ने जिम्मेवारी पाएको छ भने फिक्कल अस्पतालले कार्यक्रम अन्तर्गतका सम्पूर्ण सेवा गुणस्तरीय, समयमै र बीमितले सजिलै पाउने गरी उपलब्ध गराउनुपर्नेछ ।


सम्झौतामा बिमा कार्यक्रमका मापदण्ड अनुसार सेवा दिनुपर्ने, बिरामी व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्नुपर्ने र बीमितको माग अनुसार उपचार र औषधि उपलब्ध गराउनुपर्ने प्रावधान समेत समावेश छ । 


यस सम्झौताले फिक्कल गाउँपालिका र वरपरका स्थानीयहरूलाई स्वास्थ्य बिमा अन्तर्गतका सुविधा घर नजिकै सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

सिन्धुलीमा १२ हजार ५९२ किशोरीले लगाए ‘एचपीभी’ खोप

सिन्धुली २५ माघ ०८१   पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियानको चौथो दिन सिन्धुलीमा १२ हजार ५९२ किशोरीले खोप लगाएका छन्

तेस्रो दिन सम्म ७४ प्रतिशत किशोरीले लगाए ‘एचपीभी’ खोप

सिन्धुली २४ माघ ०८१   सिन्धुलीमा मङ्गलवार देखी सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियानको तेस्रो दिन बिहीबार ३ हजार ४०१

‘एचपीभी’ खोप अभियान जारी : सिन्धुलीमा ७ हजार ४२० ले लगाए

सिन्धुली २३ माघ ०८१   सिन्धुलीमा जारी पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी’ खोप अभियानको दोस्रो दिन ५ हजार २७९ जना किशोरीले