तेस्रो दिन सम्म ७४ प्रतिशत किशोरीले लगाए ‘एचपीभी’ खोप
सिन्धुली २४ माघ ०८१
सिन्धुलीमा मङ्गलवार देखी सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियानको तेस्रो दिन बिहीबार ३ हजार ४०१ जना किशोरीले खोप लगाएका छन् । तेस्रो दिन ३ हजार ४२१ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको थियो । अभियानको तेस्रो दिन लक्ष्य अनुसार २० जना किशोरीले भने खोप लगाएका छैनन् ।
तेस्रो दिन सम्म सिन्धुलीमा १० हजार ८२१ जना किशोरीलाई एचपीभी’ खोप लगाइएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले सरोकार टाइम्सलाई जानकारी दिनुभयो । हाल सम्म १० देखी १४ वर्ष उमेर समूहका ७४ प्रतिशत किशोरीलाई खोप लगाइ सकिएको उहाँको भनाई रहेको छ ।
हाल सम्म कमलामाई नगरपालिकाका २ हजार ३८४, दुधौली नगरपालिकाका २ हजार ९७, तिनपाटन गाउँपालिकाका १ हजार २५२, फिक्कल गाउँपालिकाका ७८०, गोलञ्जोर गाउँपालिकाका ९३८, सुनकोसी गाउँपालिकाका ९१९, घ्याङलेख गाउँपालिकाका ६६३, मरिण गाउँपालिकाका १ हजार ६९ र हरिहरपुरगढी गाउँपालिकाका ७१९ जनाले खोप लगाएका छन् ।
विद्यालय बाहिर रहेका ३० जना किशोरीले एचपीभी’ खोप लगाइएको उहाँले जानकारी दिनुभयो । कमलामाई नगरपालिकामा १, दुधौली नगरपालिकामा १२, तिनपाटन गाउँपालिकामा २, गोलञ्जोर गाउँपालिकामा १, सुनकोसी गाउँपालिकामा ३, घ्याङलेख गाउँपालिकामा ६ र हरिहरपुरगढी गाउँपालिकामा ५ जना विद्यालय बाहिर रहेका किशोरीलाई खोप लगाइएको उहाँले जानकारी दिनुभयो ।
स्थानीय तह अनुसार घ्याङलेख गाउँपालिकामा सबै भन्दा धेरै ९० प्रतिशत खोप लगाउने कार्य सकिएको उहाँले जानकारी दिनुभयो । कमलामाईमा ६५.८ प्रतिशत, दुधौलीमा ७०.१ प्रतिशत, तिनपाटनमा ८०.५ प्रतिशत, फिक्कलमा ७०.२ प्रतिशत, गोलञ्जोरमा ८६.५ प्रतिशत, सुनकोसीमा ८७.९ प्रतिशत, मरिणमा ७२.३ प्रतिशत र हरिहरपुरगढीमा ७१.५ प्रतिशत लक्ष्य पुरा भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा समग्र अवस्थामा हेर्दा तेस्रो दिनमा नै ७४ प्रतिशत खोप लगाउने कार्यको प्रगति भएको छ यो लक्ष्य अनुसार नै हो उहाँले भन्नुभयो । अभियानको चौथो दिन शुक्रवार ५६ वटा खोप केन्द्र मार्फत १ हजार २६९ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
चौथो दिन कमलामाईमा ७ वटा खोप केन्द्र मार्फत ३५६, दुधौलीमा ६ वटा खोप केन्द्र मार्फत ३४०, तिनपाटनमा ११ वटा खोप केन्द्र मार्फत २१२, फिक्कलमा २ वटा खोप केन्द्र मार्फत १६१, गोलञ्जोरमा १ वटा खोप केन्द्र मार्फत २१, सुनकोसीमा २ वटा खोप केन्द्र मार्फत ५२ र मरिणमा ३ खोप केन्द्र मार्फत १२७ जना किशोरीलाई खोप लगाउने लक्ष्य कार्यालयको रहेको उहाँले बताउनुभयो ।
विद्यालयमा कक्षा ६ देखी १० सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाउने कार्यमा सहयोग गर्न उहाँले सम्बन्धित सवैमा आग्रह गर्नुभयो । विद्यालयमा विभिन्न कारणले खोप लगाउन नपाएका किशोरीहरूले नजिकको खोप केन्द्रमा गएर पनि अभियान भरी खोप लगाउन सक्ने उहाँको भनाई रहेको छ ।
स्वास्थ्य बिमा बोर्ड र फिक्कल अस्पतालबिच सेवा सम्झौता
सिन्धुली २ भदौ ०८२ स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड र सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकास्थित
सिन्धुलीमा १२ हजार ५९२ किशोरीले लगाए ‘एचपीभी’ खोप
सिन्धुली २५ माघ ०८१ पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियानको चौथो दिन सिन्धुलीमा १२ हजार ५९२ किशोरीले खोप लगाएका छन्
‘एचपीभी’ खोप अभियान जारी : सिन्धुलीमा ७ हजार ४२० ले लगाए
सिन्धुली २३ माघ ०८१ सिन्धुलीमा जारी पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी’ खोप अभियानको दोस्रो दिन ५ हजार २७९ जना किशोरीले






प्रतिकृया दिनुहोस