• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

सोल्पामा अन्तर विद्यालय हाजिरी जबाफ तथा नृत्य प्रतियोगिता सम्पन्न

सिन्धुली ८ फागुन ०८१
 
फिक्कल गाउँपालिका ५ सोल्पाभञ्ज्याङ्गमा बिहीबार हाजिरी जबाफ तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रजातन्त्र दिवसको अवसरमा फिक्कल गाउँपालिका ५ को वडा स्तरीय बाल क्लबको आयोजना तथा फिक्कल गाउँपालिका वडा नम्बर ५, वडा कार्यालयको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो ।
 
प्रतियोगितामा वडा भित्र रहेका विद्यालयमा कक्षा १ देखी ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरूले सहभागिता जनाएका थिए । हाजिरी जबाफ प्रतियोगितामा फिक्कल माध्यमिक विद्यालय सोल्पाभञ्ज्याङ्गका विद्यार्थी पहिलो, प्राथमिक विद्यालय बाजा गाउँका विद्यार्थी दोस्रो, निम्न माध्यमिक विद्यालय जाङ्गजाङ्गका विद्यार्थी तेस्रो र आधारभूत विद्यालय बाह्रबिसे ठुलढुङ्गाका विद्यार्थी सान्त्वना भएका छन् । प्रतियोगितामा पहिलो हुने समूहलाई तीन हजार, दोस्रो हुने समूहलाई दुई हजार, तेस्रो हुने समूहलाई १ हजार ५०० र सान्त्वना हुने समूहलाई ५०० नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
 
यस्तै नृत्य तर्फ फिक्कल माध्यमिक विद्यालय सोल्पाभञ्याङ्गका विद्यार्थी पहिलो, निम्न माध्यमिक विद्यालय जाङ्गजाङ्गका विद्यार्थी दोस्रो, आधारभूत विद्यालय बाह्रबिसे ठुलढुङ्गाका विद्यार्थी तेस्रो र प्राथमिक विद्यालय बाजा गाउँका विद्यार्थी सान्त्वना भएका छन् ।
 
प्रतियोगितामा पहिलो हुने समूहलाई तीन हजार, दोस्रो हुने समूहलाई दुई हजार, तेस्रो हुने समूहलाई १ हजार ५०० र सान्त्वना हुने समूहलाई ५०० नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
 
सिर्जनशील र रचनात्मक सोचको विकास गर्न प्रतियोगिता आयोजना गरेको वडा स्तरीय वाल क्लबका अध्यक्ष एलिना सुनुवारले बताउनुभयो । मनोरञ्जन लिन र फुर्सदको समयको सदुपयोग गर्न, विद्यार्थीमा लुकेको प्रतिभाको पहिचान र प्रस्फुटन गर्न पनि यसको अहम् भूमिका रहने उहाँको भनाइछ ।
 
हाजिर जवाफ तथा नृत्य प्रतियोगिताका प्रमुख अतिथि एवं फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार, विशिष्ट अतिथि एवं फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बालबालिका खेल्न, नाच्न, गाउनलगायतका बाल मनोविज्ञानसँग जोडिएका क्रियाकलाप गर्न मन पराउने बताउनुभयो । यस्ता क्रियाकलापले बालबालिकाको चौतर्फी विकासमा जोड दिने भएकाले प्रतियोगिता आयोजना गर्ने वाल क्लबलाई  धन्यवाद दिनुभयो । अतिरिक्त क्रियाकलापले बालबालिकालाई नियम पालना गर्ने, समाजमा धेरै जनासँग मिलेर बस्ने, अरूलाई पालो दिने, आफ्नो पालोका लागि धैर्य गर्ने कुरा सिकाउने बताउनुभयो । नाचगानले बालबालिकाको बालापन झल्काउँछ भने यसले उनीहरूको सर्वाङ्गीण विकासमा जोड दिन्छ उहाँले भन्नुभयो ।
 
कार्यक्रममा वडा अध्यक्ष  वैकुण्ठलाल पहाडी, फिक्कल गाउपालिका सामाजिक बिकास शाखाका नारायण प्रसाद अधिकारी, जनप्रतिनिधि लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

कमलामाईमा गर्मीका कारण तीन दिनका लागि पठनपाठन बन्द

सिन्धुली २७ जेठ ०८२ कमलामाई नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अत्याधिक गर्मीका कारण तीन दिनका लागि पठनपाठन बन्द गरिएको छ

युवाहरूका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री

काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युुवाहरुका साथमा सरकार रहने भएकाले उच्च मनोबल र

विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग

सिन्धुली २२ माघ ०८१   फिक्कल गाउँपालिका ६  रत्नावतीमा रहेको श्री जनता प्राथमिक विद्यालयका विद्यार्थीलाई पोसाक र शैक्षिक सामाग्री प्रदान गरिएको