विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग
सिन्धुली २२ माघ ०८१
फिक्कल गाउँपालिका ६ रत्नावतीमा रहेको श्री जनता प्राथमिक विद्यालयका विद्यार्थीलाई पोसाक र शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
सोमबार रोटरी क्लब अफ काडमाण्डौले विद्यालयका ५० जना विद्यार्थीलाई पोसाक र शैक्षिक सामाग्री सहयोग गरेको हो ।
जनता प्राथमिक विद्यालय सिलुंगेमा वसन्त पञ्चमीको अवसरमा रोटरी क्लब अफ काठमाडौँको सहयोगमा छात्रवृत्ति कार्यक्रम अन्तर्गत फिक्कल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजन मगरले विद्यार्थीलाई पोसाक र शैक्षिक सामाग्री विद्यार्थीलाई प्रदान गर्नु भएको थियो ।
रोटरी क्लब अफ काठमाडौँको सहयोगमा विद्यार्थीलाई ट्रयाकसुट, जर्सी, जुत्ता, मोजा, झोला, कापी, पेन्सिल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि कदम चाल्दै विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्रीहरू वितरण गरिएको उहाँले बताउनुभयो ।
साना बालबालिकाका लागि पोसाक तथा शैक्षिक सामग्रीहरू वितरण गरिनु सकारात्मक कार्य भएको बताउँदै उहाँले यस्ता कार्यक्रममा गाउँपालिका हरबखत हातेमालो गर्न तयार रहेको बताउनुभयो । सहयोगले विद्यार्थीको मनोबल बढ्ने र विपन्न परिवारका बालबालिकालाई राहत पुग्ने बताउँदै विद्यार्थीलाई गरेको सहयोगप्रति रोटरी क्लब अफ काठमाडौँलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगी हातहरूको अपेक्षा गरेको बताउनुभयो ।
पोसाक र शैक्षिक सामाग्री पाएसँगै विद्यार्थी दङ्ग भएका छन् । सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा फिक्कल गाउँपालिका वडा नंं ६ का वडा अध्यक्ष एवं फिक्कल गाउँपालिकाका प्रवक्ता कुलेन्द्रबहादुर मगर, फिक्कल गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण अधिकारी, कृषि इन्जिनियर सन्दीप उपाध्याय, वडा नम्बर ६ का सचिव मोहन सुनार, शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो ।
कमलामाईमा गर्मीका कारण तीन दिनका लागि पठनपाठन बन्द
सिन्धुली २७ जेठ ०८२ कमलामाई नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अत्याधिक गर्मीका कारण तीन दिनका लागि पठनपाठन बन्द गरिएको छ
युवाहरूका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री
काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युुवाहरुका साथमा सरकार रहने भएकाले उच्च मनोबल र
सोल्पामा अन्तर विद्यालय हाजिरी जबाफ तथा नृत्य प्रतियोगिता सम्पन्न
सिन्धुली ८ फागुन ०८१ फिक्कल गाउँपालिका ५ सोल्पाभञ्ज्याङ्गमा बिहीबार हाजिरी जबाफ तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रजातन्त्र दिवसको






प्रतिकृया दिनुहोस