कमलामाईमा गर्मीका कारण तीन दिनका लागि पठनपाठन बन्द
सिन्धुली २७ जेठ ०८२
कमलामाई नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अत्याधिक गर्मीका कारण तीन दिनका लागि पठनपाठन बन्द गरिएको छ ।
नगर प्रमुख उपेन्द्र कुमार पोखरेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएअनुसार, गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा असर परिरहेको र जनस्वास्थ्यसमेत प्रभावित भएकाले २०८१ साल जेठ २८ गतेदेखि ३० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
.png)
मेयर पोखरेलले भन्नुभयो “गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सबै विद्यालय बन्द गर्ने निर्णय गरेका छौँ । अभिभावकहरू र शिक्षकहरूले बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक छ । हामी सबैले मिलेर गर्मीको समयमा सुरक्षित र स्वस्थ रहन प्रयास गर्नुपर्छ ।”
मौसममा सुधार आएपछि विद्यालयहरू पुनः नियमित सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । बालबालिकाको स्वास्थ्य प्रति जिम्मेवार हुन सबै सरोकारवालाहरूलाई उहाँले आग्रह गर्नुभयो ।
युवाहरूका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री
काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युुवाहरुका साथमा सरकार रहने भएकाले उच्च मनोबल र
सोल्पामा अन्तर विद्यालय हाजिरी जबाफ तथा नृत्य प्रतियोगिता सम्पन्न
सिन्धुली ८ फागुन ०८१ फिक्कल गाउँपालिका ५ सोल्पाभञ्ज्याङ्गमा बिहीबार हाजिरी जबाफ तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रजातन्त्र दिवसको
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग
सिन्धुली २२ माघ ०८१ फिक्कल गाउँपालिका ६ रत्नावतीमा रहेको श्री जनता प्राथमिक विद्यालयका विद्यार्थीलाई पोसाक र शैक्षिक सामाग्री प्रदान गरिएको






प्रतिकृया दिनुहोस