कला घरलाई अपाङ्गमैत्री बनाउन माग
सिन्धुली १६ चैत ०८१
सिन्धुली अपाङ्ग महिला सङ्घले सिन्धुली कला घरलाई अपाङ्गमैत्री बनाउन माग गरेको छ । शनिवार सिन्धुली कला घरमा पुगेर ज्ञापन पत्र बुझाउँदै कला घरलाई अपाङ्गमैत्री बनाउन माग गरेको हो ।
कमलामाई नगरपालिका ३ चपौलीमा निर्माणधिन राष्ट्रिय कला घर अपाङ्गतामैत्री रूपमा निर्माण हुनुपर्ने भन्दै सिन्धुली अपाङ्ग महिला सङ्घका अध्यक्ष दिल कुमारी देवकोटा (दिपा) ले राष्ट्रिय कला घरका अध्यक्ष सुमन थापालाई ज्ञापन पत्र बुझाउनु भएको छ । पर्यटकीय स्थल निर्माण भई रहँदा सार्वजनिक स्थलहरू सबै नेपाल सरकारको व्यवस्था अन्नुरुप हुनुपर्ने उहाँको भनाई रहेको छ । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती लगायत दुर्घटनामा परेका व्यक्तिहरूका लागि पनि सहज र उपयुक्त संरचना बन्नु पर्ने र भौतिक संरचना तथा संचारसेवा निर्देशिका २०६९ अनुरूप संरचनाहरू निर्माण गर्न उहाँले आग्रह गर्नुभयो ।

यसैबिच सिन्धुली अपाङ्ग महिला सङ्घले कमलामाई नगरपालिका ३ का ४६ वर्षीय भीम बहादुर दमाईलाई ह्विलचियर र ट्याईलेट चियर हस्तान्तरण गरेको छ । लामो समयदेखि दुर्घटनामा परि हिँडडुल गर्न नसक्ने अवस्थामा रहनु भएका भीम बहादुरलाई ह्विलचियर र ट्याईलेट चियर हस्तान्तरण गरिएको सिन्धुली अपाङ्ग महिला सङ्घका अध्यक्ष दिल कुमारी देवकोटा (दिपा) ले जानकारी दिनुभयो ।
ढुङ्ग्रेबासस्थित वकेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुँदै
सिन्धुली १ मंसिर ०८३ कमलामाई नगरपालिका ४, ढुङ्ग्रेबासस्थित श्री वकेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।
बिपी राजमार्गमा माइक्रो बस दुर्घटना, १४ जना घाइते
सिन्धुली १ मङ्सिर ०८३ सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ बिपी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जनकपुरबाट
सिन्धुलीमा लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
सिन्धुली १ मङ्सिर ०८३ सिन्धुलीको कमलामाई नगरपालिका १० डाँडा टोलमा श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । विवादका क्रममा






प्रतिकृया दिनुहोस