• शुक्रबार ८-५-२०८३/Friday 11-20-2026

न्यू सांस्कृतिक युवा क्लबको पाँचदिने देउसी–भैलो सम्पन्न, दानदाता तथा सहयोगी सम्मानित

सिन्धुली ३० कार्तिक ०८३


न्यू सांस्कृतिक युवा क्लब झुगाखोला तीनपाटन गाउँपालिका १ बेलघारी सिन्धुलीको देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । 


यसपालिको शुभ दीपावलीको अवसरमा लक्ष्मी पुजाँको दिन देखि झुँगा देउराली, तिन्तले तथा भडार, सान्झुगाँ टोलमा लगातार ५ दिन सम्म क्लबका सदस्य शिव हमालको संयोजकमा क्लबका सदस्यहरू तथा स्थानीयहरूको सक्रियतामा देउसी भैलो कार्यक्रम सम्पन्न भएको थियो । 


क्लबको आफ्नै भवनमा आज समापन कार्यक्रमको आयोजना गरिएको छ । कलवका अध्यक्ष सन्तोष समालको अध्यक्षता तथा वडा नं १ का वडाध्यक्ष गोविन्द राउतको प्रमुख आतिथ्ययतामा सम्पन्न कार्यक्रममा क्लबमा देउसी भैलो खेल्ने क्रममा सबैभन्दा बढी दान दिने दान दाता क्रमशः सोममाया अधिकारी, तुलसी काफ्ले, गोपाल बुढाथोकीलाई प्रशंसा पत्र प्रदान गरिँदै सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रम सबैभन्दा बढी सक्रिय भएर कार्यक्रम सम्पन्न गराउन लागि परेका स्याम बहादुर वि.क.लाई त्यस्तै विशेष दान दाता कृष्ण बहादुर बि.क. र ईश्वर रानालाई पनि मायाको चिनो प्रदान गरिएको थियो । त्यसै गरी कार्यक्रममा विशेष सहयोग पुर्‍याएको भन्दै लीला रैकालाई पनि सम्मान गरिएको थियो ।   


प्रमुख अतिथि वडाध्यक्ष गोविन्द राउतले यस्ता सांस्कृतिक कार्यक्रमले सांस्कृतिक क्रमको जगेर्णा गदै केही आर्थिक पनि सङ्कलन हुने भएकाले यसरी सङ्कलन भएको अर्थिकले गाउँघरको आर्थिक समस्या तथा सामान्य जीविकोपार्जनमा सहयोग पुर्‍याउने कुरा बत्ताउनुभयो । 


विगतका वर्षहरूमा देउसी भैलो कार्यक्रमबाट सङ्कलित रकमले सामाजिक कार्य तथा भोज भतेरमा उपयोग गरिने ठुला तथा साना भाडा कुँडा, टेन्ट, बाध्य बाजा तथा क्लब घर निर्माण गरिएको थियो । यसपालि पनि सङ्कलित रकम सामाजिक कार्यमा खर्च गरिने क्लबका अध्यक्ष सन्तोष समालले बत्ताउनुभयो ।


देउसी–भैलो कार्यक्रमबाट यस वर्ष ८३ हजार ८१५ रुपैयाँ सङ्कलन भएको क्लबले जनाएको छ । त्यसै गरी क्लबमा आबद्ध सदस्यहरूबिच प्रत्येक तीन–तीन महिनामा रकम सङ्कलन तथा लगानी गर्दै सञ्चालन गरिएको घुम्ती कोषमा हाल २ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

क्लबले देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक कार्यमा खर्च गर्ने जनाएको छ । घुम्ती कोषले क्लबका सदस्यहरूबिच आर्थिक सहकार्य, आपसी सहयोग र सामूहिक लगानीको अभ्यासलाई समेत प्रोत्साहन गर्दै आएको छ ।



 

प्रतिकृया दिनुहोस

ढुङ्ग्रेबासस्थित वकेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुँदै

सिन्धुली १ मंसिर ०८३ कमलामाई नगरपालिका ४, ढुङ्ग्रेबासस्थित श्री वकेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

बिपी राजमार्गमा माइक्रो बस दुर्घटना, १४ जना घाइते

सिन्धुली १ मङ्सिर ०८३   सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ बिपी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जनकपुरबाट

सिन्धुलीमा लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

सिन्धुली १ मङ्सिर ०८३ सिन्धुलीको कमलामाई नगरपालिका १० डाँडा टोलमा श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । विवादका क्रममा

↑