सिन्धुलीमा लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
सिन्धुली १ मङ्सिर ०८३
सिन्धुलीको कमलामाई नगरपालिका १० डाँडा टोलमा श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । विवादका क्रममा श्रीमानले टाउकोमा लोहोरो प्रहार गर्दा ४० वर्षीया सानुकुमारी कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार मङ्सिर १ गते बिहान करिब १ बजे ४२ वर्षीय मनोज कार्कीले श्रीमती सानुकुमारी कार्कीको टाउकोमा लोहोरोले प्रहार गरेका थिए । लोहोरो प्रहारबाट गम्भीर चोट लागेकी सानुकुमारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घटनाबारे बिहान करिब १ः१५ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले घटनामा संलग्न मनोज कार्कीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका मनोजले विवादका क्रममा आफूले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । यद्यपि, श्रीमान्–श्रीमतीबिच विवाद हुनुको वास्तविक कारण भने खुल्न सकेको छैन । घटनाको कारणबारे आरोपितसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
ढुङ्ग्रेबासस्थित वकेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुँदै
सिन्धुली १ मंसिर ०८३ कमलामाई नगरपालिका ४, ढुङ्ग्रेबासस्थित श्री वकेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।
बिपी राजमार्गमा माइक्रो बस दुर्घटना, १४ जना घाइते
सिन्धुली १ मङ्सिर ०८३ सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ बिपी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जनकपुरबाट
न्यू सांस्कृतिक युवा क्लबको पाँचदिने देउसी–भैलो सम्पन्न, दानदाता तथा सहयोगी सम्मानित
सिन्धुली ३० कार्तिक ०८३ न्यू सांस्कृतिक युवा क्लब झुगाखोला तीनपाटन गाउँपालिका १ बेलघारी सिन्धुलीको देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ





प्रतिकृया दिनुहोस