• शुक्रबार ८-५-२०८३/Friday 11-20-2026

बिपी राजमार्गमा माइक्रो बस दुर्घटना, १४ जना घाइते

सिन्धुली १ मङ्सिर ०८३

 

सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ बिपी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको हो ।


मधेस प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रो बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा माइक्रो बसमा सवार चालकसहित १४ जना घाइते भएका छन् ।


घाइते सबैलाई उद्धार गरी उपचारका लागि खुर्कोट स्थित शुभजीवन अस्पताल पठाइएको छ । घाइतेमध्ये नौ जनाको पहिचान खुलेको छ भने पाँच जनाको नाम, ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


पहिचान खुलेका घाइतेमा माइक्रो बस चालक धनुषाको शहीद नगर नगरपालिका–८ का दीपककुमार दास, शहीद नगर नगरपालिका–७ की १७ वर्षीया रानीकुमारी मण्डल तथा शहीद नगर नगरपालिका–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित रहेका छन् ।


त्यसैगरी, ललितपुरको भैँसेपाटीकी ३६ वर्षीया प्रियाङ्का साह र उनका छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह तथा तीन वर्षीया ओमी साह घाइते भएका छन् ।


दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेर उद्धार कार्यमा खटिएको थियो ।


प्रहरीले बाँकी पाँच जना घाइतेको पहिचान खुलाउने कार्यसँगै दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

ढुङ्ग्रेबासस्थित वकेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुँदै

सिन्धुली १ मंसिर ०८३ कमलामाई नगरपालिका ४, ढुङ्ग्रेबासस्थित श्री वकेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

सिन्धुलीमा लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

सिन्धुली १ मङ्सिर ०८३ सिन्धुलीको कमलामाई नगरपालिका १० डाँडा टोलमा श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । विवादका क्रममा

न्यू सांस्कृतिक युवा क्लबको पाँचदिने देउसी–भैलो सम्पन्न, दानदाता तथा सहयोगी सम्मानित

सिन्धुली ३० कार्तिक ०८३ न्यू सांस्कृतिक युवा क्लब झुगाखोला तीनपाटन गाउँपालिका १ बेलघारी सिन्धुलीको देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ

↑