• शुक्रबार ८-५-२०८३/Friday 11-20-2026

बयलबासमा ‘द लर्निङ गार्डेन सेन्टर’ सञ्चालन, विपन्न बालबालिकालाई निःशुल्क ट्युसन

सर्लाही / सर्लाहीको बयलबासमा आर्थिक रूपमा विपन्न तथा गरिब परिवारका बालबालिकालाई लक्षित गरी निःशुल्क अतिरिक्त कक्षा र सिकाइको अवसर उपलब्ध गराउने उद्देश्यले ‘द लर्निङ गार्डेन सेन्टर’ सञ्चालनमा आएको छ ।

नेदरल्याण्ड सपोर्ट नेपाल (एनएसएन) को पूर्ण आर्थिक सहयोग तथा टुगेदर फर नेपाल (टीएफएन) को समन्वयमा निर्माण गरिएको केन्द्रको विशेष समारोहबिच औपचारिक उद्घाटन गरिएको हो । केन्द्र सञ्चालनमा आएसँगै आर्थिक अभावका कारण निजी ट्युसन तथा अतिरिक्त शैक्षिक सहयोगबाट वञ्चित बालबालिकाले गाउँमै निःशुल्क अध्ययन गर्ने अवसर पाउने भएका छन् ।

 

केन्द्रमा बालबालिकालाई निःशुल्क पठनपाठन, शैक्षिक परामर्श तथा विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराइने व्यवस्था गरिएको छ । यसबाट विद्यालयमा अध्ययनरत बालबालिकाको सिकाइ उपलब्धि सुधार गर्नुका साथै उनीहरूको शैक्षिक क्षमता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

करिब दुई कट्ठा क्षेत्रफलमा निर्माण गरिएको केन्द्रमा १ हजार ८ सय वर्गफिटको फराकिलो सिकाइ हल, कार्यालय, पुस्तकालय र शैक्षिक सामग्री भण्डारण कक्ष रहेका छन् । बालबालिकाको स्वास्थ्य तथा सरसफाइलाई ध्यान दिँदै चारवटा प्यान शौचालय, दुई वटा कमोड शौचालय र आठ जनाले एकै पटक प्रयोग गर्न सक्ने क्षमताको युरिनसमेत निर्माण गरिएको छ ।

 

केन्द्रको अर्को विशेषता बालमैत्री सिकाइ बगैँचा हो। अङ्ग्रेजी वर्णमालाका अक्षरअनुसार विभिन्न प्रजातिका फलफूल तथा फूलका बिरुवा रोपेर तयार गरिएको बगैँचाले बालबालिकालाई प्रकृतिसँगै सिक्ने अवसर प्रदान गर्नेछ ।

स्थानीय प्रशिक्षक सरोज उपाध्यायका अनुसार बालबालिकाले बिरुवा तथा प्रकृतिको प्रत्यक्ष अवलोकन गर्दै अङ्ग्रेजी अक्षर, शब्द र फलफूलका नाम व्यवहारमै सिक्न सकुन् भन्ने उद्देश्यले बगैँचा निर्माण गरिएको हो । यसले किताबमा सीमित सिकाइलाई व्यावहारिक र रमाइलो बनाउने उनको भनाइ छ ।

 

केन्द्रको उद्घाटन कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि, वडाध्यक्ष, वडा सचिव तथा अभिभावकले विपन्न बालबालिकाको शैक्षिक विकासमा सहयोग पुग्ने यस्ता कार्यक्रमलाई सकारात्मक रूपमा लिएका छन् । उनीहरूले केन्द्रको स्थापना र सञ्चालनमा सहयोग गर्ने नेदरल्याण्ड सपोर्ट नेपाल र टुगेदर फर नेपालप्रति आभार व्यक्त गर्दै यसको दीर्घकालीन सञ्चालन तथा संरक्षणमा स्थानीय तहबाट आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

केन्द्र सञ्चालनमा आएपछि स्थानीय बालबालिका र अभिभावकले खुसी व्यक्त गरेका छन् । आर्थिक अवस्थाकै कारण अतिरिक्त सिकाइबाट वञ्चित हुनुपर्ने बाध्यता हटाउन यस्ता पहल उपयोगी हुने उनीहरूको अपेक्षा छ ।

शिक्षामा समान पहुँचको अवसर सिर्जना गर्ने उद्देश्यले स्थापित यस केन्द्रको प्रभावकारी सञ्चालन, नियमित अनुगमन र गुणस्तरीय सिकाइ सुनिश्चित गर्न सके बयलबास क्षेत्रका विपन्न बालबालिकाको शैक्षिक भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने देखिन्छ । 

 
 

 

प्रतिकृया दिनुहोस

ढुङ्ग्रेबासस्थित वकेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुँदै

सिन्धुली १ मंसिर ०८३ कमलामाई नगरपालिका ४, ढुङ्ग्रेबासस्थित श्री वकेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

बिपी राजमार्गमा माइक्रो बस दुर्घटना, १४ जना घाइते

सिन्धुली १ मङ्सिर ०८३   सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ बिपी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जनकपुरबाट

सिन्धुलीमा लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

सिन्धुली १ मङ्सिर ०८३ सिन्धुलीको कमलामाई नगरपालिका १० डाँडा टोलमा श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । विवादका क्रममा

↑