युवाहरूका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री
काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युुवाहरुका साथमा सरकार रहने भएकाले उच्च मनोबल र आत्मविश्वास लिएर काम गर्न आग्रह गर्नुभएको छ ।
बागबजारस्थित ‘आइडिया स्टुडियो’मा आयोजित ‘नव प्रवर्तक युुवाहरुसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा शिक्षामा जनशक्ति प्रक्षेपणको नीति तर्जुमाका लागि अध्ययन गराएको स्मरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा ‘जेन्जी’ पुस्ता र ‘स्टार्टअप’ का कार्यक्रमलाई उच्च महत्त्व दिइएको बताउनुभयो ।
“युवाहरूले हाल जे जस्तो छ, त्यसैमा सन्तोष मान्न हुन्न । परिवर्तनका लागि र राम्रोका लागि लाग्ने स्वभाव बोक्नुपर्छ । असन्तोष मान्नुपर्छ भन्नुको अर्थ सामाजिक सञ्जालमा मुख छाड्ने प्रवृत्तिहरू पनि ठिक होइन, त्यस्तो गर्नेहरू उल्टै पारिवारिक तनावमा परेका हुन्छन् ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब युवाहरूले जब खोज्नेतिर होइन, जब सृजना गर्नेतिर लाग्नुपर्छ । उद्यमशीलता, रोजगारी, बजारीकरण र नयाँपनका माध्यमबाट स्वदेशमै अवसर छ भन्ने देखाएर कामकै लागि युुवाहरु विदेश जाने क्रम रोक्नुपर्छ ।’’
प्रधानमन्त्री ओलीले युुवाहरुले रचनात्मकतामा निरन्तरता दिनुपर्नेमा जोड दिँदै सुरङमार्ग, जलमार्गजस्ता पूर्वाधार विकासमा भइरहेकाले सरकार र सबै क्षेत्रको सत्प्रयासबाट मुलुकको समृद्धि हासिल हुने बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले ‘आइडिया स्टुडियो’ को सम्बद्र्धनमा स्वदेशमै उत्पादित सामान तथा आविष्कारहरूको प्रदर्शनी अवलोकन गर्नुभएको थियो ।
‘आइडिया स्टुडियो’ का संस्थापक डा छिरिङ लामा र काठमाडौँ मोडेल कलेजका अध्यक्ष रामेश्वर अर्यालले युवाहरूको नवप्रवर्तनका लागि भइरहेका प्रयास र उपलब्धिबारे प्रधानमन्त्री ओलीलाई अवगत गराउनुु भएको थियो ।
कमलामाईमा गर्मीका कारण तीन दिनका लागि पठनपाठन बन्द
सिन्धुली २७ जेठ ०८२ कमलामाई नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अत्याधिक गर्मीका कारण तीन दिनका लागि पठनपाठन बन्द गरिएको छ
सोल्पामा अन्तर विद्यालय हाजिरी जबाफ तथा नृत्य प्रतियोगिता सम्पन्न
सिन्धुली ८ फागुन ०८१ फिक्कल गाउँपालिका ५ सोल्पाभञ्ज्याङ्गमा बिहीबार हाजिरी जबाफ तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रजातन्त्र दिवसको
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग
सिन्धुली २२ माघ ०८१ फिक्कल गाउँपालिका ६ रत्नावतीमा रहेको श्री जनता प्राथमिक विद्यालयका विद्यार्थीलाई पोसाक र शैक्षिक सामाग्री प्रदान गरिएको






प्रतिकृया दिनुहोस