ढुङ्ग्रेबासस्थित वकेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुँदै
मङ्सिर २ देखि ८ गतेसम्म सञ्चालन हुने महायज्ञबाट अक्षयकोष स्थापना, सभा हल निर्माण तथा मन्दिर क्षेत्रको संरक्षण गर्ने लक्ष्य
सिन्धुली १ मंसिर ०८३
कमलामाई नगरपालिका ४, ढुङ्ग्रेबासस्थित श्री वकेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । मन्दिरको धार्मिक, सांस्कृतिक तथा भौतिक विकाससँगै संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर २ गतेदेखि ८ गतेसम्म सप्ताहव्यापी महायज्ञ सञ्चालन गर्न लागिएको हो ।
महायज्ञबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा श्री वकेश्वर महादेव मन्दिर मूल समारोह समितिका अध्यक्ष शिव कुमार श्रेष्ठले धार्मिक अनुष्ठानसँगै मन्दिर क्षेत्रको विकासका लागि महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
महायज्ञमा परमपूज्य साध्वी सपना माताजीको मुखारविन्दबाट श्रीमद्भागवत कथा प्रवचन हुने आयोजकले जनाएको छ । त्यस्तै, सुप्रसिद्ध भजन गायकहरूबाट सुमधुर भक्ति सङ्गीत, देव लीला प्रस्तुति, भजन कीर्तन तथा धार्मिक सत्सङ्गका कार्यक्रमसमेत सञ्चालन गरिनेछन् ।
‘श्रीमद्भागवत कथा श्रवण गरौँ, ज्ञानको दीप प्रज्वलित गरौँ, भक्तिको मार्गमा अघि बढौँ र मानव जीवनलाई सार्थक बनाऔँ’ भन्ने मूल भावनाका साथ आयोजना हुन लागेको महायज्ञमा भक्तजन तथा श्रद्धालुहरूलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ ।
मङ्सिर २ गते बिहान ६ बजे मन्दिरमा नित्य पूजा गरी महायज्ञको शुभारम्भ गरिनेछ । बिहान ७ः३० बजे नौमती बाजासहित १०८ कलशको नगर परिक्रमा गरिने कार्यक्रम रहेको छ ।
महायज्ञबाट सङ्कलित सहयोगलाई मन्दिरको दीर्घकालीन विकास र पूर्वाधार निर्माणमा उपयोग गर्ने लक्ष्य आयोजकले लिएको छ । यसअन्तर्गत अक्षयकोष स्थापना गर्ने, पाँच सय जना अट्ने क्षमताको सभा हल निर्माण गर्ने, मन्दिरको आँगनमा इन्टरलक ब्लक बिछ्याउने, नदी नियन्त्रणका लागि रिटेनिङ वाल निर्माण गर्ने, मन्दिरको जग्गा संरक्षणका लागि कम्पाउन्ड वाल लगाउने तथा स्वागतद्वार निर्माण गर्ने उद्देश्य राखिएको छ ।
धार्मिक आस्था र सामाजिक एकतालाई जोड्दै मन्दिरलाई व्यवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महायज्ञले सहयोग पुग्ने अपेक्षा आयोजकको छ । आयोजक समितिले महायज्ञमा सहभागी भई धार्मिक अनुष्ठान सफल बनाउन तथा मन्दिरको विकास अभियानमा साथ दिन सम्पूर्ण भक्तजन, स्थानीयवासी, समाजसेवी, बुद्धिजीवी तथा सहयोगी दाताहरूलाई आग्रह गरेको छ ।
बिपी राजमार्गमा माइक्रो बस दुर्घटना, १४ जना घाइते
सिन्धुली १ मङ्सिर ०८३ सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ बिपी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जनकपुरबाट
सिन्धुलीमा लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
सिन्धुली १ मङ्सिर ०८३ सिन्धुलीको कमलामाई नगरपालिका १० डाँडा टोलमा श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । विवादका क्रममा
न्यू सांस्कृतिक युवा क्लबको पाँचदिने देउसी–भैलो सम्पन्न, दानदाता तथा सहयोगी सम्मानित
सिन्धुली ३० कार्तिक ०८३ न्यू सांस्कृतिक युवा क्लब झुगाखोला तीनपाटन गाउँपालिका १ बेलघारी सिन्धुलीको देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ





प्रतिकृया दिनुहोस