• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

गायक रोशन गुरुङको गीत ‘सही हो नि कान्छी’ सार्वजनिक

लोकप्रिय गायक रोशन गुरुङको नयाँ गीत सही हो नि कान्छी को म्युजिक भिडियो सार्वजनिक भएको छ ।


गीतको भिडियो गायक रोशन गुरुङको सार्वजनिक अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा कुमार गुरुङको शब्द, इन्द्र गुरुङको संगीत र चन्द्र गोर्खालीको एरेञ्ज छ ।


म्युजिक भिडियोमा बाबु जिम्बाको निर्देशन र हरी गोलेको छायांकन रहेको छ। गीतको म्युजिक भिडियो इलामको श्रीअन्तुमा छायांकन गरिएको छ । भिडियोमा हेरुका लामा र साया भण्डारीको अभिनय छ ।


सेवा फिल्मस्को पोष्ट पोडक्शन रहेको गीतको रेकर्डिङ्ग÷मिक्सिङ्ग विजय मास्के मगरले गरेका छन् । भिज्युएल एडिट आशिस ईम्बाले गरेका छन् भने कलर÷जिएफएक्स भने राजेश कुमारले गरेका छन् ।


म्युजिक भिडियोमा सिनेम्याटोग्राफर हरि चले लामा रहेका छन् भने ड्रोंन बाबु जिम्बाले चलाएका छन् । क्रियटिभ हेडका रुपमा भोला सुवेदी रहेका छन् ।
गायक गुरुङले विगतमा चारवटा सोलो एल्बम सार्वजनिक गरिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस