• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

राजमार्गले पर्यटक भित्र्याउदै

सिन्धुली /  मध्य तराई हुँदै काठमाडौं जोड्ने बीपी राजमार्ग र पूर्वी नेपालसँग सहजै जोड्ने मध्यपहाडी लोकमार्गले सिन्धुलीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढेको छ । बीपी राजमार्ग र मध्यपहाडी राजमार्गका कारण आवतजावत्मा सहज हुँदै गएपछि सिन्धुलीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको हो ।
पर्यटकको सिजन सुरु भएदेखि नै जिल्लाका होटल व्यवसायी पर्यटकको स्वागतमा जुट्दै आएका छन् । प्रकृतिक सुन्दरता र मनोरम दृष्यको अवलोकन गर्न सिन्धुलीमा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको जिल्लाका होटल व्यवसायी बताउँछन् ।
यहाँ आइपुग्ने अधिकांश पर्यटक बीपी राजमार्गको मनमोहक दृष्य तथा ऐतिहासिक सिन्धुलीगढी र यहाँका ऐतिहासिक धार्मिक सम्पदाका साथै प्राकृतिक सम्पदाको दृष्यावलोकनका लागि आउने गरेको पाइन्छ ।
तराईको गर्मी र चिसो छल्न सिन्धुली आउनेको उत्तिकै भिड लाग्ने गरेको छ । यस वर्ष अघिल्लो वर्षको तुलनामा झन्डै ३० प्रतिशत बढी पर्यटक आएको होटल व्यावसायी संघ सिन्धुलीका महासचिव सीताराम पहाडीकोे भनाइ छ ।
यहाँ प्रायः भारत तथा चीन र जापानबाट विदेशी पर्यटक आउनुका साथै राजधानी काठमाडौं र तराई तथा पूर्वी जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेको महासचिव पहाडीले बताए। ‘जिल्लाको ऐतिहासिक स्थल सिन्धुलीगढी, गढीदरबार, जुनार बगैंचा पुराना कलाकृति, ऐतिहासिक मठमन्दिरदेखि प्राकृतिक सम्पदाको अवलोकन र पदयात्रामा आउने गरेका छन,’ उनले भने।
जिल्लाको सदरमुकामका साथै महाभारत क्षेत्रअन्तर्गत खनियाखर्क, मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट, पुरातात्विक कलात्मकस्थल सितलपाटी, कुशेश्वर दुम्जालगायत स्थलमा पारिवारिक वातावरणसहितका सुविधा सम्पन्न होटल तथा लज सञ्चालनमा आएपछि प्रायः पर्यटकहरूले सिन्धुली मन पराउने गरेको पहाडीको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

वल्ड भिजन सिंगापुरको टोलीले गर्‍यो तिनपाटनमा भ्रमण

सिन्धुली १९ असोज २०८० वल्र्ड भिजन सिङगापुरका २ कर्मचारी सहित १२ जना स्पोनसरले तिनपाटन गाउँपालिका भ्रमण गरेका छन् ।  वडा नं. १० र ११ मा असोज १६ देखी

खेत जस्तै सडक

हिउदमा धुलो उडेर हिडि सक्नु हुदैन । बर्षामा हिलाले हिडि सक्नु हुदैन । बर्षामा खेतका गरा जस्तै हुने गरेका छन् सडक । यो सिन्धुली देखी तिनपाटन गाउँपालिका

नया व्यवस्था, पुरानै अवस्था

सिन्धुलीको तीनपाटन गाउँपालिकामा विरामी डोलिमा बोकेर स्वास्थ्य संस्थामा लैजानु परेको छ । करोडौं खर्चेर सडक निर्माण गरिएका छन् । तर बर्षामा ति सडक