• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

फिक्कलमा ६३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण

सिन्धुली, ६ माघ ०७९


फिक्कल गाउँपालिकामा आयोजना गरिएको रेविजविरुको खोप तथा बन्ध्याकरण शिविरको पहिलो दिन शुक्रबार ६३ वटा घरपालुवा तथा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।


फिक्कल गाउँपालिका, हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग, केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीको प्राविधिक सहयोग र सामूहिक सरोकार समाज सिन्धुली नेपालको आयोजनामा निःशुल्क रेविजविरुको खोप तथा बन्ध्याकरण शिविर संचालन गरिएको हो ।


शिविर फिक्कल गाउँपालिका ४ खाङसाङवेसीमा रहेको मदनआश्रति भवनमा संचालन भएको शिविरमा ३९ वटा कुकुरको बन्ध्याकरण र २४ वटा कुकुरको स्पाङ्ग गरिएको छ । बन्ध्याकरणसँगै रेबिज न्यूनीकरणका लागि रेबिजविरुद्धको खोप दिइएको सामूहिक सरोकार समाज सिन्धुलीका अध्यक्ष नवराज पहाडीले जानकारी दिनुभयो ।


काठमाण्डौका प्रमुख पशु चिकित्सक डा. टंकप्रसाद प्रसाई, वरिष्ठ पशु चिकित्सक डा. अर्जुन अर्याल, सित बहादुर श्रेष्ठ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका प्रमुख जनकदेव राउत सहित २५ जना प्राविधिकको टोलीले घरपालुवा तथा सामुदायिक कुकुरहरूको बन्ध्याकरण, स्याइङ्ग र रेबिजको खोप दिइएको छ ।


छ वटै वडामा संकलन गरिएका घरपालुवा तथा सामुदायिक कुकुरहरूलाई भेटेरिनरी एम्बुलेन्स मार्फत शिविर संचालन भएको स्थान सम्म ल्याइने र संकलन गरिएको स्थान सम्म पु¥याइने व्यवस्था रहेको बताइएको छ ।


अमानवीय व्यवहार गर्नु गलत भएको भन्दै छाडा रूपमा रहेका सामुदायिक कुकुरलाई नियन्त्रण गर्ने भनेको बन्ध्याकरण नै मुख्य विकल्प भएको फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले बताउनुभयो ।


कुकुरले टोकेमा मानिस र पशुमा रेबिज रोग सङ्क्रमण हुने त्रास बढ्दो छ, सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण उपयुक्त उपाय हुने भएकाले अभियान चलाइएको उहाँले बताउनुभयो ।


आफुपनि बचौँ अरू लाई नि बचाउ, सामुदायिक कुकुर बन्ध्याकरण तथा रेबिज खोप लगाई रेबिज हुन बाट बचौँ भन्ने नारा सहित सुरु भएको शिविर शनिवार सम्म सञ्चालन हुने छ ।

 

प्रतिकृया दिनुहोस

.

कमलामाईमा एमाले नगर कमिटीद्वारा धान दिवसको भव्य आयोजना

सिन्धुली १५ असार ०८२  “उत्पादन बढाऔँ, धानमा आत्मनिर्भर बनौँ” भन्ने मूल नाराका साथ आइतबार कमलामाई नगरपालिकामा राष्ट्रिय धान दिवस २०८२ भव्य

कृषि ज्ञान केन्द्र सिन्धुलीले विश्व खाद्य दिवस मनायाे

सिन्धुली, २९ असोज ०८० सिन्धुलीमा पनि ४३ औं विश्व खाद्य दिवस मनाइएको छ । सोमबार कृषि ज्ञान केन्द्र सिन्धुलीले एक कार्यक्रम गरि दिवस मनाएको हो । जीवन