• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

सहकार्य नेपालद्वारा कृषकलाई ह्याचरी वितरण

सिन्धुली, १८ फागुन ०७९


सहकार्य नेपाल सिन्धुलीले बिहीबार फिक्कल गाउँपालिकाका दुई जना कृषकलाई ह्याचरी वितरण गरेको छ ।


युएनडिपी र फिक्कल गाउँपालिकाको सहयोगमा सञ्चालित नेपाल हरित उथानशिल तथा कोभिड–१९ पुनर्लाभ  परियोजना  अन्तर्गत कृषकलाई ह्याचरी वितरण गरेको हो ।


बिहीबार फिक्कल गाउँपालिकामा आयोजित कृषि औजार तथा मेसेनरी उपकरण हस्तान्तरण कार्यक्रम मार्फत कृषकलाई ह्याचरी वितरण गरिएको हो । फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले फिक्कल गाउँपालिका ३ की चमेली रानामगर र ५ का हरिराम बरालाई ह्याचरी प्रदान गर्नुभयो ।


यस्तै फिक्कल गाउँपालिका १ का मनिला सुनुवार र फिक्कल ५ का दामोदर घिमिरेलाई एक/एक थान फ्रिज हस्तान्तरण गरिएको छ । सुनुवारले फिक्कल गाउँपालिका ४ का बोध कुमार पहाडी र फिक्कल ६ का केशव पौडेललाई एक÷एक थान चाप कटर प्रदान गर्नुभयो ।


कार्यक्रम मार्फत सुम्नामवेसी आलु किसान समूहलाई एक थान हाते ट्याक्टर प्रदान गरिएको छ ।


कृषि औजार हस्तान्तरण कार्यक्रम मा फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले ह्याचरी उद्योग सञ्चालन गरेर गाँउगाँउमा स्थानीय जातका कुखुराको चल्ला बिक्री वितरण सुरु हुने विश्वास व्यक्त गर्नुभयो । फिक्कल गाउँपालिकालाई अण्डा र मासुमा आत्मनिर्भर बनाउन युएनडिपी र सहकार्य नेपालले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै फिक्कल गाउँपालिकाको लक्ष्य पुरा गर्न एउटा इटा थपेको बताउनुभयो ।


फिक्कल गाउँपालिकाका विपन्न समुदायका नागरिकलाई व्यवसायमा आबद्ध गराई जीवन स्तर माथि उठाउन आवश्यक कृषि औजार तथा मेसेनरी उपकरण हस्तान्तरण गरिएको सहकार्य नेपालका सामाजिक परिचालक रामजी दाहालले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस

कृषि ज्ञान केन्द्र सिन्धुलीले विश्व खाद्य दिवस मनायाे

सिन्धुली, २९ असोज ०८० सिन्धुलीमा पनि ४३ औं विश्व खाद्य दिवस मनाइएको छ । सोमबार कृषि ज्ञान केन्द्र सिन्धुलीले एक कार्यक्रम गरि दिवस मनाएको हो । जीवन

कुकरले टोकेका पशुलाई निःशुल्क रेबिज विरुद्धको खोप लगाइयो

सिन्धुली, २० भदौ ०८० दुधौली नगरपालिका ३ र ६ मा बौलाहा कुकरको टोकाइबाट घाइते भएका पशुहरूलाई रेबिज विरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा

सिन्धुलीमा लम्पी स्किन रोग विरुद्ध साताव्यापी खोप अभियान सुरु

सिन्धुली, २५ साउन ०८० सिन्धुलीमा बिहीबार देखी लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु