• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

सामान्य वर्षामै सडक बिग्रँदा बर्षौ देखीको सास्ती (फोटो फिचर)

चिसापानी वोझे सडक खण्डमा यति वेला सहजै आवत जावत गर्न सकिँदैन । सामान्य वर्षाले नै सडक भत्काइदिँदा आवात जावतमा समस्या हुने गरेको छ । स्थानीय भन्छन् “सबै तिर विकास छ यता विनाश, हिजो रातीको सामान्य वर्षाले नै सडकको यो हालत छ अटो र एम्बुलेन्स आउने अवस्था छैन, बर्षायाम नलाग्दै सडकमा हिँड्न समेत मुस्किल छ ।”


जिल्ला विकास समिति हुँदा सडक निर्माण गर्न रातो किताबमा सूचीकृत भएको चिसापानी वोजे सडक खण्ड स्थानीय तह भए पछि पुरानै अवस्थामा रहेको छ । सिन्धुली बसपार्कबाट १ किलोमिटरको दुरी रहेको यस सडक हरेक वर्ष सामान्य वर्षाले भत्काइदिँदा स्थानीयले सास्ती खेप्नु परेको छ ।


चिसापानी निवासी पाख्रिन कान्छा भन्नुहुन्छ “सडकको हालत यस्तो अवस्था हुँदा पनि पटक पटक स्थानीय तह र नेतालाई सडक स्तरउन्नतीको लागि गुहार गर्दा पनि चुनावको वेला सडक डी पी आर देखि कालो पत्रे गर्ने अस्वासन बाहेक अरू प्रगति केही हुँदैन । ” चुनावको समय यो बाटो डहिने नेताहरू सडक स्तारउन्न्ती गर्ने आश्वासन दिन्छन् तर सडकको अवस्था उस्तै छ ।


सामान्य वर्षा भए पछि पानी निकास हुने नाला नभएको कारण बिच सडक वाटै पानी बग्ने भएको हुँदा सडक भत्कँदै आएको छ । बसपार्क ,मधुटार, सशस्त्र, क्याम्प चिसापानी झोरा, बोँझे र रानी खोला सिलामे वेलटार सम्म यो सडकको दायरा रहको छ । ५०० घर धुरी डहिने यो सडक कमलामाई नगरपालिकाले रिङ्गरोडको लागि अवधारणाको लागि प्रस्ताव अगाडी बढाएको बताए पनि कुनै काम हुन सकेको छैन ।


दैनिक आवत जावत गर्ने स्कुल बस पनि सामान्य वर्षा भए पछि आउँदैन २ किलोमिटर पैदल हिँडेर विद्यार्थीहरू स्कुल जानु पर्ने बाध्यता रहेको छ । नगरपालिकाको आँखै अगाडी यो सडक भए पनि सडकको अवस्थामा सुधार आउन सकेको छैनन् । दूर दराजका सडकको भन्दा पनि कमजोर अवस्था छ ।स्थानीय सरकार भए सँगै नगरपालिकाको मातहतका सम्पूर्ण सडकलाई डिपिआर गरी प्रदेश सरकार सङ्घीय सरकारलाई सडक स्तर उन्नतिको लागि प्रस्ताव अब्हान गर्नु पर्ने हो तर हाल सम्म यो सडकमा त्यस्तो कुनै किसिमको योजना नपर्दा यस्ता सडकले नगरको विकासका पुर्वाधारहरुलाई गिज्याइ रहेको देखिन्छ ।


 

प्रतिकृया दिनुहोस

मेतियाबिन्दुको निःशुल्क अप्रेसन

सिन्धुलीमा आइतबार मोतिया बिन्दु भएका १०९ जनाको निःशुल्क अप्रेसन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी  जिल्ला शाखा सिन्धुलीको  आयोजना एवं तिलगंगा आँखा

सिन्धुली अस्पताल तोडफोड (फोटो फिचर)

कमामाई नगपालिका ५ की गर्भवती गंगाा श्रेष्ठको मृत्पु पछि आक्रोशित मुहले सिन्धुली अस्पतालमा तोडफोड गरेको छ । अस्पतालमा ढुंगा मुढा र लठ्ठी सहित मृतकका