कुकरले टोकेका पशुलाई निःशुल्क रेबिज विरुद्धको खोप लगाइयो
सिन्धुली, २० भदौ ०८०
दुधौली नगरपालिका ३ र ६ मा बौलाहा कुकरको टोकाइबाट घाइते भएका पशुहरूलाई रेबिज विरुद्धको खोप लगाइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुली र दुधौली नगरपालिका पशु शाखाले निःशुल्क रेबिज विरुद्धको खोप लगाएका हुन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका पशु चिकित्सक नवराज थापाका अनुसार १८ वटा पशु चौपायालाई रेबिज विरुद्धको खोप लगाइएको छ । कुकुरले दुई वडामा १८ वटा पशुलाई टोकेको र सबै पशुलाई खोप लगाइएको उहाँले जानकारी दिनुभयो । बुधबार पहिलो डोज लगाइएको र बाँकी डोजहरू पनि निःशुल्क लगाइने उहाँले जानकारी दिनुभयो ।

घाँटी भन्दा माथि एक भैँसी र एक पाडालाई कुकुरले टोकेको उहाँले बताउनुभयो । उक्त भैँसी र पाडालाई बुधबार नै दुई डोज खोप लगाइएको उहाँको भनाई रहेको छ । घाँटी भन्दा माथि रेबिज लागेको कुकुरले टोकेमा डबल डोज लगाउनु पर्ने विज्ञको सुझावका आधारमा डवल डोज लगाइएको उहाँले जानकारी दिनुभयो ।

रेबिज लागेको कुकुरले भैँसी, पाडा, बाख्रा, बाछा, बङ्गुर, कुकुरलाई टोकेकोले खोप लगाइएको उहाँको भनाई छ । रेबिज लागेको कुकुरले अन्य कुकुरलाई यदि टोकेको भए २२ देखी २५ दिन भित्र लक्षण देखा पर्ने भएकाले भुसिया कुकुरहरूको निगरानी गर्न र सचेत हुन उहाँले आग्रह गर्नुभयो ।
रेबिज रोग लागेको कुकुरमा देखिने प्रमुख लक्षण नै सामान्य वानी ब्यहोरामा परिवर्तन देखा पर्नु हो जस्तै :
- विना कारण टोक्ने ।
- अस्वाभाविक वस्तुहरू जस्तै लट्ठी, काँटी, दिशा आदि खाने ।
- बिना कारण जथाभाबी दौडने ।
- स्वरमा परिवर्तन आउने जस्तै घोक्रे स्वर निकालेर भुकिरहने वा स्वर निकाल्न नसक्ने ।
कमलामाईमा एमाले नगर कमिटीद्वारा धान दिवसको भव्य आयोजना
सिन्धुली १५ असार ०८२ “उत्पादन बढाऔँ, धानमा आत्मनिर्भर बनौँ” भन्ने मूल नाराका साथ आइतबार कमलामाई नगरपालिकामा राष्ट्रिय धान दिवस २०८२ भव्य
कृषि ज्ञान केन्द्र सिन्धुलीले विश्व खाद्य दिवस मनायाे
सिन्धुली, २९ असोज ०८० सिन्धुलीमा पनि ४३ औं विश्व खाद्य दिवस मनाइएको छ । सोमबार कृषि ज्ञान केन्द्र सिन्धुलीले एक कार्यक्रम गरि दिवस मनाएको हो । जीवन






प्रतिकृया दिनुहोस