• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

फिक्कलमा मेसिनबाट दुना टपरी बनाउने तालिम सुरु

सिन्धुली १४ माघ ०८०


फिक्कल गाउँपालिका ६ आँपटारमा मेसिनद्वारा दुना टपरी बनाउने तालिम आइतबारबाट सुरु भएको छ । फिक्कल गाउँपालिकाको आयोजनामा ५ दिने दुना टपरी बनाउने तालिम सुरु भएको हो ।


गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सीप तथा व्यावसायिकता विकास सम्बन्धी दुना टपरी बनाउने तालिम सुरु भएको फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो ।


महिलाहरूलाई व्यावसायिक दुना टपरी बनाउन तालिम मार्फत दक्ष बनाई सिपका माध्यमबाट महिलाहरूलाई स्वरोजगार बनाउन  मेसिनद्वारा दुना टपरी बनाउने तालिम सुरु गरिएको उहाँको भनाई छ ।


तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सुनुवारले पलाष्टिकमुक्त मात्र हैन दुना टपरीबाट महिलाहरूलाई आत्मनिर्भर बनाउन तथा रोजगारी सिर्जना गर्न र  वातावरण प्रदूषण कम गर्न दुना टपरी बनाउने तालिमको आयोजना गरिएको बताउनु भयो । उहाँले भन्नुभयो  “सालका दुना टपरी प्रयोगले हाम्रो स्वास्थ्य, वरपरको वातावरण स्वच्छ हुन्छ भने महिला दिदी बहिनीको उद्यमप्रति आकर्षण बढ्छ ।” तालिममा १२ जना महिलाहरूले तालिममा सहभागिता जनाएका छन् ।


जिल्लाका नौ वटा स्थानीय तहहरू मध्ये फिक्कल गाउँपालिका विद्यालय स्तरमा उद्यमशीलता विकास तालिम सुरु गर्ने पहिलो पालिका बनेको छ । गाउँपालिकाको उद्यम विकास सहजकर्ता मार्फत १३ वटा माध्यमिक विद्यालयमा  कक्षा ८ देखी १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उद्यमशिलता विकास (SIYB) तालिम  दिन सुरु गरिएको हाे । जसमा व्यवसाय, आम्दानी, आय मूलका काम, स्वरोजगार, बजार र बजारीकरण, विक्रय कला  आदी सम्बन्धी ज्ञान प्रदान गरिँदै आएको छ ।

प्रतिकृया दिनुहोस

बहिरा विद्यार्थीले उत्पादन गरेको हस्तकला र मायाको चिनो प्रवर्द्धनमा जोड

सिन्धुली १६ असार ०८२ श्री नवज्योति बहिरा माध्यमिक विद्यालय, जसेदमारले आयोजना गरेको “हस्तकला तथा मायाको चिनो प्रवर्द्धनका लागि अन्तरक्रिया

फिक्कलमा महिलाहरुलाई स्वरोजगार बनाउन बाटेको धूप तथा अगरबत्ती बनाउने तालिम सम्पन्न

सिन्धुली  १३ वैशाख ०८२ फिक्कल गाउँपालिका ३ गिन्चौरका महिलाहरूका लागि बाटेको धूप तथा अगरबत्ती बनाउने तालिम शनिवार सम्पन्न भएको छ । फिक्कल

अग्नि ग्रुपको ट्रियो र यारी इलेक्ट्रिक अटो सिन्धुलीमा पनि

सिन्धुली, ७ फागुन ०७९ अग्नि ग्रुपको ट्रियो र यारी इलेक्ट्रिक अटो सिन्धुलीमा पनि सार्वजनिक गरिएको छ । अग्नि ग्रुप अन्तर्गतको सहायक कम्पनी एवं