• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

अग्नि ग्रुपको ट्रियो र यारी इलेक्ट्रिक अटो सिन्धुलीमा पनि

सिन्धुली, ७ फागुन ०७९


अग्नि ग्रुपको ट्रियो र यारी इलेक्ट्रिक अटो सिन्धुलीमा पनि सार्वजनिक गरिएको छ । अग्नि ग्रुप अन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एन्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता इनर्जी प्रालिले आइतबार सिन्धुलीको कमलामाई नगरपालिका ६ राममाडीबाट  ट्रियो र यारी इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो ।



महिन्द्रा एन्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ग्राहक एवं सर्वसाधारणको मन जित्न सफल ट्रियो इलेक्ट्रिक अटो र यारीको सिन्धुलीमा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोख्रेलले सार्वजनिक गर्नु भएको हो ।


अग्नि इनर्जीका कमलामाई नगरपालिका –६ राममाडी सिन्धुली लागि बिक्रेता मरिण इभरग्रिन इन्टरप्राइजेज प्रा. लि. का प्रबन्ध निर्देशक खडकबहादुर श्रेष्ठका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् ।


आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गरिएको प्रबन्धक टिकाबहादुर श्रेष्ठले बताउनुभयो ।


कम्पनीका अनुसार “नेपाल द्रुत गतिमा विकास भइरहेको अर्थतन्त्र हो, जसले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ । नेपाल सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्दै आएकाले यहाँ हाम्रो विद्युतीय थ्री व्हीलर सवारी साधनको शुभारम्भ गर्ने सही समय भएको छ ।


महिन्द्रा एन्ड महिन्द्राका लागि ‘लास्ट माइल मोबिलिटीका उत्पादनहरू केन्द्रित क्षेत्र हो र ट्रियो अटो स्थायित्वसँग संयुक्त प्रविधिको एक प्रतिरूप हो, जसले परम्परागत पेट्रोल अटोको तुलनामा ठुलो बचतसँगै आफ्नो स्वामित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्नेछ ।


महिन्द्रा ट्रियो अटो र यारीको एडभान्स लिथियम आयन टेक्नोलोजीबाट निर्मित, उत्कृष्ट पर्फमेन्स् क्षमता भएको, वर्ग वारेन्टीमा सबैभन्दा राम्रो. भएको , ट्रियो अटोमा तीन वर्ष वा ८०,००० किमी वारेन्टी  र ट्रियो  यारीमा तीन वर्ष वा ४०,००० किमी वारेन्टी रहेको छ ।


ट्रियो अटो ३ घण्टा ५० मिनेट चार्जिङ समय, १३० कि.मि गुड्ने  र ट्रियो  यारीमा २ घण्टा ३० मिनेट चार्जिङ समय, ८५ कि.मि गुड्ने बताइएको छ । मरिण इभरग्रिन इन्टरप्राइजेज प्रा. लि. शुभारम्भको दिन ५ वटा महिन्द्रा ट्रियो अटो र यारी बिक्री गरेको छ ।
 

प्रतिकृया दिनुहोस

फिक्कलमा मेसिनबाट दुना टपरी बनाउने तालिम सुरु

सिन्धुली १४ माघ ०८० फिक्कल गाउँपालिका ६ आँपटारमा मेसिनद्वारा दुना टपरी बनाउने तालिम आइतबारबाट सुरु भएको छ । फिक्कल गाउँपालिकाको आयोजनामा ५ दिने

सिन्धुलीमा शिवरात्रि फुड, म्युजिक फेस्टिबल हुने

सिन्धुली ४ फागुन  ०७९ सिन्धुली माहाशिवरात्री को अवसरमा फुड एण्ड म्युजिक फेस्टिबल हुने भएको छ । ब्रदर हुड इभेन्ट एण्ड ईन्टरटेनमेन्स सिन्धुलीको

आत्मनिर्भर बनाउन अचार बनाउने तालिम

विपन्न महिलाहरूलाई आय आर्जनमा जोड्ने उद्देश्यले आयोजना गरिएको  खाद्य प्रशोधन, प्याकेजिङ्ग, लेवलिङ्ग तथा बजारीकरण सम्बन्धी ५ दिने तालिम फिक्कल