• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

बहिरा विद्यार्थीले उत्पादन गरेको हस्तकला र मायाको चिनो प्रवर्द्धनमा जोड

सिन्धुली १६ असार ०८२

श्री नवज्योति बहिरा माध्यमिक विद्यालय, जसेदमारले आयोजना गरेको “हस्तकला तथा मायाको चिनो प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रम” सोमबार सम्पन्न भएको छ ।

बहिरा विद्यार्थी सीप सिकाई केन्द्रमा भएको कार्यक्रममा बहिरा विद्यार्थीहरूले आफैँले बनाएका हस्तकलाका सामग्री—तोप, सिन्धुलीको प्रसिद्ध ‘जुनार’, जिल्लाको नक्सा र सांस्कृतिक महत्त्व बोकेको ‘डम्फु’—प्रदर्शन गरेका थिए ।

कार्यक्रम “पढ्दै सिक्दै कमाउँदै” अवधारणामा आधारित रहेको विद्यालयका प्रधानाध्यापक विजय तामाङले जानकारी दिनुभयो । विद्यालयमा अध्ययनरत १० जना बहिरा विद्यार्थीले हस्तकला सम्बन्धी सीप सिकिरहेका छन् । विद्यार्थीको क्षमता उजागर गर्न र उनीहरूलाई आत्मनिर्भर बनाउने दिशामा ठुलो योगदान दिने उहाँको भनाई छ । कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको सीप विकासमा मात्र नभई, समाजमा उनीहरूको समावेशिता र सशक्तीकरणको मार्ग प्रशस्त गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष उज्ज्वल थापाले सबै क्षेत्रको सहयोगले जिल्लाको मायाको चिनो बनाउन सिक्दै गरेका विद्यार्थी सफल हुने बताउनुभयो । सबै क्षेत्रको साथ सहयोगले यस कार्यले दिगोपना पाउने बताउनुभयो । सिप सिकाउँदा स्थानीय विद्यार्थीहरूलाई पनि समावेश गर्न सके दीर्घकालीन रूपमा समेत हस्तकलाका सामान उत्पादन हुने बताउनुभयो । वडामा कोसेली घर आगामी आर्थिक वर्षमा निर्माण हुने भएकाले उत्पादन गरेका सामाग्रीहरू बजारीकरणमा टेवा पुग्ने बताउनुभयो ।

उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख ध्रुव ढकालले बहिरा व्रिद्यार्थीहरुले सुरुवात गरेको हस्तकलाले एउटा आशा जगाएको बताउनुभयो । अतिथिलाई मायाको चिने के दिने भन्ने अवस्थामा सिन्धुली जिल्लाको मात्र पहिचान झल्कने मायाको चिनो उत्पादन गरेकाले यसको बजारीकरणमा आफूले सहयोग गर्ने बताउनुभयो । यसको निरन्तरताका लागि आवश्यक सिप तथा प्रविधिमा सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।

सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बहिरा व्रिद्यार्थीहरुले उत्पादन गरेका मायाको चिनो बजारीकरणका लागि उद्योग वाणिज्य सङ्घले सहयोग गर्ने बताउनुभयो । यहाँ बनाइएका हस्तकलाका मायाको चिनो बाह्य जिल्लाबाट आउने मायाको चिनो भन्दा ५० रुपैंया सम्म महँगो भएमा पनि यही उत्पादन भएको मायाको चिनो हामीले किन्नु पर्छ उहाँले भन्नुभयो । 

एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक दीपेन्द्र बस्नेतले उद्योग व्यवसाय प्रर्वदनका लागि आवश्यक वित्तीय सहयोग गर्न सकिने बताउनुभयो । उत्पादित बस्तु बिक्री गर्न र उत्पादन गर्न आर्थिक सहायता परे आफूले सहयोग गर्ने बताउनुभयो । त्यो सहयोग लागतमा आधारित वा सामाजिक उत्तरदायित्वमा पनि सहकार्य गर्न सकिने बताउनुभयो । 

सौगात गृहका विमला थापाले बहिरा विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उत्पादन गर्दा लागतमा पनि विचार पुर्‍याउनु पर्ने बताउँदै यहाँ उत्पादन भएका बस्तुहरूको प्रवर्द्धनका लागि आफूले सहयोग गर्ने बताउनुभयो । आफू २० वर्ष देखी यही क्षेत्रमा रहेको बताउँदै यस क्षेत्रको सम्भावना, समस्याका बारेमा आफू जानकार रहेको भन्दै विद्यार्थीहरूमा इच्छा शक्ति भएका यो व्यवसाय सफल हुने बताउनुभयो ।
 

 

प्रतिकृया दिनुहोस

फिक्कलमा महिलाहरुलाई स्वरोजगार बनाउन बाटेको धूप तथा अगरबत्ती बनाउने तालिम सम्पन्न

सिन्धुली  १३ वैशाख ०८२ फिक्कल गाउँपालिका ३ गिन्चौरका महिलाहरूका लागि बाटेको धूप तथा अगरबत्ती बनाउने तालिम शनिवार सम्पन्न भएको छ । फिक्कल

फिक्कलमा मेसिनबाट दुना टपरी बनाउने तालिम सुरु

सिन्धुली १४ माघ ०८० फिक्कल गाउँपालिका ६ आँपटारमा मेसिनद्वारा दुना टपरी बनाउने तालिम आइतबारबाट सुरु भएको छ । फिक्कल गाउँपालिकाको आयोजनामा ५ दिने

अग्नि ग्रुपको ट्रियो र यारी इलेक्ट्रिक अटो सिन्धुलीमा पनि

सिन्धुली, ७ फागुन ०७९ अग्नि ग्रुपको ट्रियो र यारी इलेक्ट्रिक अटो सिन्धुलीमा पनि सार्वजनिक गरिएको छ । अग्नि ग्रुप अन्तर्गतको सहायक कम्पनी एवं