फिक्कलमा महिलाहरुलाई स्वरोजगार बनाउन बाटेको धूप तथा अगरबत्ती बनाउने तालिम सम्पन्न
सिन्धुली १३ वैशाख ०८२
फिक्कल गाउँपालिका ३ गिन्चौरका महिलाहरूका लागि बाटेको धूप तथा अगरबत्ती बनाउने तालिम शनिवार सम्पन्न भएको छ । फिक्कल गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ५ दिने तालिम सम्पन्न भएको हो ।
तालिमको समापनको अवसरमा बोल्नुहुँदै फिक्कल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले सहभागीहरूलाई सीप सिकेर मात्रै नहुने भन्दै व्यवहारमा उतार्दै स्वरोजगार बन्न आग्रह गर्नुभयो । घरमा आफ्नो आवश्यकता पूर्ति गर्न, फजुल खर्च बचाउन र बढी उत्पादन गरेर बिक्री गरी आम्दानी गर्ने उद्देश्यका साथ तालिम दिएको बताउनुभयो । गाउँपालिकाले गरिबी निवारणका लागि महिलालाई बाटेको धूप, अगरबत्ती बनाउने तालिम दिएको बताउँदै व्यावसायिक बन्न आग्रह गर्नुभयो । सामूहिक रूपमा व्यवसाय दर्ता तथा व्यवसाय सम्बन्धी सिप विकासका लागि आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनुभयो ।
लघु उद्यमले व्यक्तिलाई मात्र नभई समाज र देशलाई नै आर्थिक रूपमा सशक्तीकरण गर्न टेवा पुग्ने बताउनुभयो । महिलाहरू आर्थिक रूपमा सक्षम नभएसम्म समृद्धिको सपना पुरा नहुने बताउँदै गाउँपालिकाले महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सिप विकासको तालिममा सहभागी गराउँदै आएकाले सिकेको सिपलाई सदुपयोग गरी लाभ लिन अनुरोध गर्नुभयो । गाउँपालिका भित्र रहेका महिलाहरूले उत्पादन गरेका बस्तुहरूको बिक्री वितरणका लागि सहजीकरण गर्न खाङसाङमा कोसेली घर निर्माण सम्पन्न भएको बताउँदै चाडै कोसेली घर सञ्चालन ल्याइने बताउनुभयो ।
फिक्कल गाउँपालिका ३ का वडा अध्यक्ष टेकबहादुर रजन मगरले सीप सिकेर आय आर्जनका कार्यमा लाग्दै स्वरोजगार बन्न सहभागीहरूलाई आग्रह गर्नुभयो । सिप सिक्ने र छोड्ने प्रवृत्ति रहेकोले त्यसो नगर्न आग्रह गर्नुभयो । उत्पादन गरेका धूप तथा अगरबत्ती बिक्री वितरणका लागि वडाले आवश्यक सहयोग र समन्वय गर्ने बताउँदै उत्पादनमा लाग्न आग्रह गर्नुभयो ।
.png)
प्रशिक्षक सिता श्रेष्ठले महिलाहरू घरमै बसेर पनि लघु उद्यमका माध्यमबाट आय आर्जन गर्न, आर्थिक रूपमा सबल बन्न र स्वरोजगारसँगै आत्मनिर्भर हुन सकिने बताउनुभयो । तालिमले आफूहरूलाई व्यावसायिक बन्न उत्प्रेरणा दिएको सहभागीहरूले बताएका छन् । गाउँ गाउँ टोल टोलमा बसेर समय खेर फाल्नुभन्दा घरमै बसेर कागज र धूपका सामग्रीहरू राखेर धूप बनाउँदा आय आर्जन हुने सहभागीको भनाई रहेको छ । गाउँपालिकाले विपन्न तथा गृहिणी महिलाहरूलाई व्यावसायि बनाउन १७ जनालाई बाटेको धूप तथा अगरबत्ती बनाउने तालिम प्रदान गरिएको छ ।
बहिरा विद्यार्थीले उत्पादन गरेको हस्तकला र मायाको चिनो प्रवर्द्धनमा जोड
सिन्धुली १६ असार ०८२ श्री नवज्योति बहिरा माध्यमिक विद्यालय, जसेदमारले आयोजना गरेको “हस्तकला तथा मायाको चिनो प्रवर्द्धनका लागि अन्तरक्रिया
फिक्कलमा मेसिनबाट दुना टपरी बनाउने तालिम सुरु
सिन्धुली १४ माघ ०८० फिक्कल गाउँपालिका ६ आँपटारमा मेसिनद्वारा दुना टपरी बनाउने तालिम आइतबारबाट सुरु भएको छ । फिक्कल गाउँपालिकाको आयोजनामा ५ दिने
अग्नि ग्रुपको ट्रियो र यारी इलेक्ट्रिक अटो सिन्धुलीमा पनि
सिन्धुली, ७ फागुन ०७९ अग्नि ग्रुपको ट्रियो र यारी इलेक्ट्रिक अटो सिन्धुलीमा पनि सार्वजनिक गरिएको छ । अग्नि ग्रुप अन्तर्गतको सहायक कम्पनी एवं






प्रतिकृया दिनुहोस