• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

फिक्कल अस्पतालमा प्रसूति सेवा सुरु

सिन्धुली २२ माघ ०८१
 
फिक्कल गाउँपालिकामा रहेको फिक्कल अस्पतालमा मङ्गलवार देखी प्रसूति सेवा सुरु भएको छ । यो जिल्लाको सुगम अस्पताल बाहेकका दुर्गमका स्वास्थ्य संस्थामा गरिएको पहिलो अभ्यास हो ।
 
नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य क्षेत्रकै गुणस्तरीय सुधारमा फिक्कल गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको छ । अस्पतालमा रहेका डा. धिरेन्द्र सुधा, स्वास्थ्यकर्मी अनिता खड्का, एलिना थापा मगरको टोलीले पहिलो सफल प्रसूति सेवा दिएका छन् । अस्पतालमा फिक्कल गाउँपालिका १ आरुबोटेकी सुस्मा सुनुवारले छोरीलाई जन्माउनु भएको छ ।
 
भौगोलिक विकटताले अस्पताल सञ्चालनसंगै विपन्न नागरिकले आकस्मिक प्रसूति सेवा प्राप्त गरेकोमा फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले खुसी व्यक्त गर्नुभयो । गाउँपालिकाले भौगोलिक विकटताका कारण नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउन बाट वञ्चित हुन नपरोस् भनेर फिक्कल गाउँपालिका ३ चनौटेमा फिक्कल अस्पताल सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।
 
गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकता राखेर काम गरेको, सुत्केरी हुन नसकेर ज्यान गुमाउन पर्ने, बाटोमा नै बच्चा जन्माउनु पर्ने, प्रसूतिका लागि अन्य स्वास्थ्य संस्थामा उपचार गर्न जानु पर्ने बाध्यता हटाउन पाउँदा खुसी लागेको र सफलता मिलेको बताउनुभयो ।
 
उपचार सेवाका लागि सुविधा सम्पन्न अस्पतालमा जाने आर्थिक अवस्था नभएका नागरिकले अव रोग पालेर बस्नु पर्ने र समस्या आउँदा पनि जोखिम मोलेर जीवनको बाजी थाप्नु पर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि गाउँपालिका लागि परेको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

स्वास्थ्य बिमा बोर्ड र फिक्कल अस्पतालबिच सेवा सम्झौता

सिन्धुली २ भदौ ०८२ स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड र सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकास्थित

सिन्धुलीमा १२ हजार ५९२ किशोरीले लगाए ‘एचपीभी’ खोप

सिन्धुली २५ माघ ०८१   पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियानको चौथो दिन सिन्धुलीमा १२ हजार ५९२ किशोरीले खोप लगाएका छन्

तेस्रो दिन सम्म ७४ प्रतिशत किशोरीले लगाए ‘एचपीभी’ खोप

सिन्धुली २४ माघ ०८१   सिन्धुलीमा मङ्गलवार देखी सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियानको तेस्रो दिन बिहीबार ३ हजार ४०१