• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

पहिलो दिन २१ सय किशोरीलाई ‘एचपीभी’ खोप

सिन्धुली २२ माघ ०८१
 
सिन्धुलीमा मङ्गलवार वाट सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी’ खोप अभियानको पहिलो दिन २ हजार १४१ जना किशोरीले लगाएका छन् । अभियानको पहिलो दिन २ हजार ८५७ किशोरीलाई खोप लगाउने लक्ष्य भए पनि २ हजार १४१ किशोरीले खोप लगाएका हुन् ।
 
जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तका अनुसार कमलामाई नगरपालिकाका २४२, दुधौली नगरपालिकाका ६९४, तिनपाटन गाउँपालिकाका ४२६, फिक्कल गाउँपालिकाका ७१, गोलञ्जोर गाउँपालिकाका ११८, सुनकोसी गाउँपालिकाका २९७, घ्याङलेख गाउँपालिकाका १७१, मरिण गाउँपालिकाका  ४२ र हरिहरपुरगढी गाउँपालिकाका ८० जनाले खोप लगाएका छन् ।
पहिलो दिन कमलामाई नगरपालिकाका ४१०, दुधौली नगरपालिकाका १ हजार ११६, तिनपाटन गाउँपालिकाका ५१७, फिक्कल गाउँपालिकाका ८५, गोलञ्जोर गाउँपालिकाका १४७, सुनकोसी गाउँपालिकाका २५९, घ्याङलेख गाउँपालिकाका २२९, मरिण गाउँपालिकाका  ४४ र हरिहरपुरगढी गाउँपालिकाका ५० जना गरी २ हजार ८५७ जनालाई खोप लगाउन जनस्वास्थ्य कार्यालय सिन्धुलीको लक्ष्य रहेको थियो ।
 
पहिलो दिन लक्ष्य अनुसार ७१६ जनाले खोप लगाएका छैनन् । पहिलो दिन कक्षा ६ मा अध्ययनरत ४८०, कक्षा ७ देखी १० कक्षा सम्म अध्ययनरत १ हजार ६५० गरी २ हजार १३० जना किशोरीले खोप लगाएको उहाँले जानकारी दिनुभयो । पहिलो दिन विद्यालय नजाने १० वर्ष सम्मका २ र ११ देखी १४ वर्ष उमेर समूहका ९ जना गरी ११ जनाले खोप लगाएका छन् । विद्यालय बाहिर रहेका किशोरीलाई पायक पर्ने विद्यालय मार्फत खोप लगाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

स्वास्थ्य बिमा बोर्ड र फिक्कल अस्पतालबिच सेवा सम्झौता

सिन्धुली २ भदौ ०८२ स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड र सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकास्थित

सिन्धुलीमा १२ हजार ५९२ किशोरीले लगाए ‘एचपीभी’ खोप

सिन्धुली २५ माघ ०८१   पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियानको चौथो दिन सिन्धुलीमा १२ हजार ५९२ किशोरीले खोप लगाएका छन्

तेस्रो दिन सम्म ७४ प्रतिशत किशोरीले लगाए ‘एचपीभी’ खोप

सिन्धुली २४ माघ ०८१   सिन्धुलीमा मङ्गलवार देखी सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियानको तेस्रो दिन बिहीबार ३ हजार ४०१