‘एचपीभी’ खोप अभियान जारी : सिन्धुलीमा ७ हजार ४२० ले लगाए
सिन्धुली २३ माघ ०८१
सिन्धुलीमा जारी पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी’ खोप अभियानको दोस्रो दिन ५ हजार २७९ जना किशोरीले लगाएका छन् । ६ हजार ५२७ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ५ हजार २७९ जनाले खोप लगाएका हुन् । लक्ष्य अनुसार १ हजार २४८ जनाले खोप लगाएनन् ।
जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तका अनुसार दोस्रो दिन सम्ममा कमलामाई नगरपालिकाका १ हजार ७७१, दुधौली नगरपालिकाका १ हजार २८९, तिनपाटन गाउँपालिकाका ९१८, फिक्कल गाउँपालिकाका ४२४, गोलञ्जोर गाउँपालिकाका ६४९, सुनकोसी गाउँपालिकाका ७९१, घ्याङलेख गाउँपालिकाका ४५६, मरिण गाउँपालिकाका ५५६ र हरिहरपुरगढी गाउँपालिकाका ५६६ जनाले खोप लगाएका छन् ।
कमलामाईमा ४८.९ प्रतिशत, दुधौलीमा ४३.१ प्रतिशत, तिनपाटनमा ५९ प्रतिशत, फिक्कलमा ३८.२ प्रतिशत, गोलञ्जोरमा ५९.८ प्रतिशत, सुनकोसीमा ७५.७ प्रतिशत, घ्याङलेखमा ६२.६ प्रतिशत, मरिणमा ३७.६ प्रतिशत र हरिहरपुरगढीमा ५६.३ प्रतिशत लक्ष्य पुरा भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा समग्र अवस्थामा हेर्दा दोस्रो दिनमा नै ५० प्रतिशत खोप लगाउने कार्यको प्रगति भएको उहाँले बताउनुभयो ।
विद्यालय बाहिर रहेका १६ किशोरीले ‘एचपीभी’ खोप लगाएका छन् । कमलामाई नगरपालिकामा १, दुधौली नगरपालिकामा ८, तिनपाटन गाउँपालिकामा २, घ्याङलेख गाउँपालिकामा ३ र हरिहरपुरगढी गाउँपालिकामा २ जना किशोरीले खोप लगाएका छन् । अभियानको तेस्रो दिन बिहीबार ३ हजार ४२१ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको छ ।
खोप लगाउने क्रममा दुधौली नगरपालिकामा १, तिनपाटन गाउँपालिकामा १० गोलञ्जोरमा १, मरिण गाउँपालिकामा ५ र हरिहरपुरगढी गाउँपालिकामा १ किशोरीमा सामान्य समस्या देखिएको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य बिमा बोर्ड र फिक्कल अस्पतालबिच सेवा सम्झौता
सिन्धुली २ भदौ ०८२ स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड र सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकास्थित
सिन्धुलीमा १२ हजार ५९२ किशोरीले लगाए ‘एचपीभी’ खोप
सिन्धुली २५ माघ ०८१ पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियानको चौथो दिन सिन्धुलीमा १२ हजार ५९२ किशोरीले खोप लगाएका छन्
तेस्रो दिन सम्म ७४ प्रतिशत किशोरीले लगाए ‘एचपीभी’ खोप
सिन्धुली २४ माघ ०८१ सिन्धुलीमा मङ्गलवार देखी सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियानको तेस्रो दिन बिहीबार ३ हजार ४०१






प्रतिकृया दिनुहोस