सम्मेलनको तयारीबारे जानकारी दिन अनेमसंघ सिन्धुलीको पत्रकार सम्मेलन
सिन्धुली २ जेठ ०८२
“समृद्ध नेपाल, सुखी नेपाली हाम्रो अभियान, समान सहभागिताका लागि सशक्त सङ्गठन” भन्ने नाराका साथ अखिल नेपाल महिला सङ्घ सिन्धुलीले विभिन्न सङ्गठन सशक्तीकरण कार्यक्रमहरू सञ्चालन गर्दै आगामी जिल्ला सम्मेलनको तयारीमा जुटेको छ ।
शुक्रवार पत्रकार सम्मेलन गर्दै महिला सशक्तीकरण, नेतृत्व विकास र समावेशी सहभागिता विस्तार गर्ने उद्देश्यले सङ्घले २०७९ भदौ ४ र ५ मा सम्पन्न भएको पाँचौं जिल्ला सम्मेलन पश्चात् सम्पन्न गरेका गतिविधिहरू सार्वजनिक गरेको छ ।
जिल्ला अध्यक्ष पार्वती भट्टराईले ९ वटै पालिकामा सम्मेलन सम्पन्न भएको जानकारी दिनुभयो । ६२ वटा वडामा वडा कमिटी गठन भएको र २७ वटा वडामा सम्मेलन गर्न बाँकी रहेको बताउनुभयो । महिला हिंसा विरुद्ध उजुरी दर्ता, प्रशासन तथा गृह मन्त्रालयमा जानकारी, प्रेस विज्ञप्ति प्रकाशन लगायतका कदमहरू पनि चालिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार सङ्गठन विस्तार र सदस्यता नवीकरण प्रक्रिया पनि तीव्र रूपमा अघि बढाइएको छ । १० हजार सदस्यता विस्तार मध्ये हाल सम्म ६ हजार ७८५ सदस्य विस्तार भई सकेको उहाँले बताउनुभयो । शनिवार हुने छैटौँ जिल्ला सम्मेलनमा आयोजक, प्रतिनिधि तथा पर्यवेक्षक ३५०, आमन्त्रित अतिथि गरी झन्डै ५०० जना सहभागी हुने उहाँको भनाई रहेको छ ।
कार्यक्रम व्यवस्थापनका लागि करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतिनिधि शुल्क ८९ हजार १००, आयोजक शुल्क २६ हजार, पालिकाको दायित्व ८६ हजार, बैकमा मौजुदामा रहेको ३३ हजार २९० र विभिन्न निकाय र व्यक्तिबाट रसिद मार्फत सहयोग ८६ हजार ७०० रुपैंया सङ्कलन भएको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
सम्मेलन सम्पन्न गर्न अध्यक्ष मण्डल, निर्वाचन मण्डल मइन्युट लेखन समिति गठन गरिने छ ।
अध्यक्ष भट्टराईले पत्रकारहरूसँग कुराकानी गर्दै सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सबै सङ्घ/संस्था, स्थानीय तह, राजनीतिक दल, सञ्चारकर्मी, बुद्धिजीवी तथा समाजसेवीहरूलाई सहभागिता र सहयोगका लागि आग्रह गर्नुभयो । उहाँले यो सम्मेलन महिला नेतृत्व विकास र सामाजिक परिवर्तनका लागि नयाँ दिशानिर्देशक बन्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनले ६७ सदस्य नयाँ कार्यसमिति चयन गर्नेछ । सम्मेलनको उद्घाटन अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले गर्नु हुने अखिल नेपाल महिला सङ्घ सिन्धुलीले जनाएको छ ।
एमाले सिन्धुलीको इन्चार्जको जिम्मेवारी प्रदीप कटुवाललाई
सिन्धुली २२ पुस ०८२ नेकपा (एमाले) सिन्धुलीको इन्चार्जको जिम्मेवारी प्रदीप कटुवालले पाउनु भएको छ । एमालेको सचिवालयको काठमान्डौमा सम्पन्न बैठकले
सिन्धुलीमा एमालेको वडा, पालिका र जिल्ला स्तरीय कार्यक्रम तय
सिन्धुली २० कात्तिक ०८२ नेकपा (एमाले) सिन्धुलीले आगामी ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनौटको तयारी सहित विभिन्न तहका कार्यक्रम निर्धारण गरेको छ
दुधौली नगरपालिकालाई एमालेको गम्भीर ध्यानाकर्षण : स्थानीय समस्यामा तत्काल समाधान गर्न माग
सिन्धुली, २७ साउन ०८२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुधौली नगर कमिटीले नगरपालिका भित्रका महत्त्वपूर्ण सामाजिक, आर्थिक र जनजीवनसँग सम्बन्धित






प्रतिकृया दिनुहोस